विश्वासी मण्डल बताउने १४ वर्षीया सचिना परियार, २४ वर्षीया कृष्णमाया थापा र ३० वर्षीया गंगा थापा
स्याङ्जाः मरेको ५ महिने शिशु ब्यूँताउने आश्वासन दिने एक किशोरीसहित तीनजना क्रिश्चियन धर्मावलम्बीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–७ चाङ्सिङ्का १४ वर्षीया सचिना परियार, २४ वर्षीया कृष्णमाया थापा र ३० वर्षीया गंगा थापा छन् । परियार अमला भञ्ज्याङ् माविका कक्षा १० की विद्यार्थी हुन् ।
स्थानीय रिमबहादुर विक र रीता विकका शिशुको असार ११ गते मृत्यु भएको थियो । शिशुको मृत्युपछि उनका आफन्तले जमिनमुनि खाडलमा पुरी आफ्नो धार्मिक संस्कार अनुरुप अन्तयेष्टि गरे । अन्त्येष्टिको करिब २ घण्टापछि त्यही गाँउका तीनजना आएर शिशु नमरेको बताए । विश्वासीको प्राथनापछि ब्यूँतिन सक्ने आश्वासन दिएर शिशुको शव खाडलबाट झिकेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
‘शिशु झिकेपछि काखमा राखेर प्राथना गरेँ, तर शिशु ब्यूँतिएन’, १४ वर्षीया सचिना परियारले भनिन् । आफ्नी आमाको खुट्टामा लागेको चोट विश्वासीको प्राथनापछि ठीक भएका कारण आफू विश्वासी बन्नेतर्फ लागेको सचिनाले बताएकी छन् । त्यसपछि गाँउमा हल्लखल्ला मच्चियो । उनीहरु तीनैजनालाई तनहुँको खैरनीबाट बिहीवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको छ । अन्नपूर्णपोस्ट
यो पनि-जबरजस्ती धर्म परिवर्तन गराउने तीनजना चर्चबाटै समातिए:
काठमाडौँ: प्रहरीले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका तीनजना* महिलालाई चर्चबाटै पक्राउ गरेको छ । महागरीय प्रहरी परिसरको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित चर्चबाट तीनजना* महिलालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।
पक्राउ पर्नेहरुमा जबरजस्ती क्रिश्चियन धर्म अँगाल्न लगाउने कास्कीको मच्याङ्गकोट गाउँपालिका–९ घर भई नागार्जुन नपा–४ बस्ने ४९ वर्षीया सुमित्रा गौली, भरतपुर महानगर-१६ घर भएकी ४२ वर्षीया फूलदेवी भट्टराई र काठमाडौँ–१४ कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन रहेका छन् ।
उनीहरुले चितवनको भरतपुर महानगरपालिका–२७ की ३८ वर्षीया लक्ष्मी भट्टराईलाई गैरसरकारी संस्थामा आकर्षक जागिर लगाइदिने प्रलोभनमा पारेर गत वैशाख १५ गते नागार्जुनस्थित चर्चमा लगेर जबरजस्ती धर्म परिवर्तन गराउन लगाएका थिए ।
फूलदेवीले राधिका महर्जनसँग भेटाएपछि लक्ष्मीलाई चर्चभित्र बस्न लगाई सुमित्रा गौलीले धर्म परिवर्तन गराउन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चर्चमा लगेपछि लक्ष्मीलाई उनको इच्छाविपरित गौलीले बाइबलको पाठ सुनाउँदै दुवै हात समातेर जबरजस्ती बाप्टिज्मा लिने भएमात्रै गैससमा लगाइदिन्छु भनेर बाइबल समेत पाठ गराउन लगाएको खुलेको छ ।
त्यसपछि पीडितले आफूलाई जबरजस्ती धर्म परिवर्तन गर्न बाध्य पारेको भन्दै यही वैशाख २१ गते तीनैजनाविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएकी थिइन् ।
लक्ष्मीको किटाणी जाहेरीपछि उनीहरु तीनैजनालाई चर्चबाटै पक्राउ गरेर शनिबारबाटै लागू हुने गरी जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थपी अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।
जबरजस्ती धर्म परिवर्तन गराएको ठहर भएमा मुलुकी ऐन २०२० अनुसार कम्तिमा पनि ३ वर्ष जेल सजाय हुने व्यवस्था छ ।
Post a Comment