Latest Updates :

आन्द्रा काटेर निकालियो आठ बर्षिय बालकको पेटबाट ७ सय ग्राम जुका समाचार

SHARE THIS POST :

ओखलढुंगा – ओखलढुंगामा आठ बर्षिय बालकको पेटबाट ७ सय ग्राम बढी जुका निकालिएको छ । चिसंखुगढी गाउँपालिका ६ भदौरेका झनमाया राना मगरका ८ बर्षिय छोरा मदन मगरको पेटबाट शल्यक्रिया मार्फत जुका निकालिएको हो ।

लामो समयदेखी बिरामी परेका मगरलाई सामुदायीक अस्पताल मिसनमा भर्ना गरिएको थियो ।

चिकित्सकहरुको दुई घन्टा सम्मको प्रयासपछि जुका निकाल्न सफल भएको अस्पताल स्रोतले जनाएको छ । जुकाकै कारण बालकको स्वास बढ्ने, हिड्न नसक्ने, खाना खान मन नलाग्ने र बान्ता गर्ने लगायतका लक्षण देखाएका थिए ।

यस्ता लक्षण देखाएपछि गाउँघरमै धामीझाँक्री लगाउदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याएको बिरामीका आमा आमा झनमाया राना मगरले बताइन् । ‘छोरो बिरामी भइरहयो अनि धामी लयाईयो’ उनले भनिन्, ‘धामीले पनि आफुले निको पार्न नसक्ने भन्दै अस्पताल लैजान भने ।’

बालकलाई समयमै अस्पताल नपुर्याएको भए उनको ज्यान समेत जान सक्ने चिकित्सकले बताए । अस्पतालमा आईपुग्दा बालकको पेट फुलेको पाईएकाले पेटभित्र सक्रमण भएको आशंका गरिएको भएपनि वास्तविकता थाहा पाउँदा आफुहरु चकित भएको डक्टर रबिन्द्र मेहताले रोतोपाटीलाई बताए ।

उनले भने, ‘हामीले बच्चाको एक्सरे गरेर हेर्यौं, आन्द्रा अवरुद्ध भएको देखियो तर जुका नै हो भन्ने अनुमान समेत गरेका थिएनौं ।’ पहिले बालकलाई औषधी चलाएको भएपनि निको नभएपछि आन्द्रा काटेर जुका निकलिएको उनले बताए । उनले भने, ‘औषधीले काम नगरेपछि अप्रेशन गरियो अप्रेशन गर्दा चाउचाउ जस्तो गुजुल्टिएको साढे सात सय ग्राम जुका निकालियो ।’

अहिले बालकको स्वास्थ्य अवस्या सामान्य छ । जुका माटोबाट प्रवेश गर्ने भएकाले मुलको पानी तथा फोरमैलाबाट लाग्ने गर्दछ । यसबाट बच्न पानी पिउँदा सरसफाईमा बिशेष ध्यान पुर्याउनुपर्ने र जुकाको औषधी पाँच बर्ष सम्म ६/६ महिनामा खानुपर्ने चिकित्सकको सुझाव छ । मगर भदौरेस्थित एक बिद्यालयमा कक्षा दुईमा अध्यनरत छात्र हुन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger