Latest Updates :

यौनकर्मीलार्इ लक्षित गरी सरकारले ल्यायो नयाँ कानून,भदौबाट लागू हुने

SHARE THIS POST :

काठमाडौँ । याैनकर्मीहरूलार्इ लक्षित गर्दै सरकारले नयाँ कानुन ल्याएकाे छ । काठमाडाैँ लगायतका मुख्य सहरहरूमा अबैध याैनधन्दा फैलिदै जान थालेपछि  सरकारले कडाइ गर्न लागेकाे हाे । सार्वजनिक स्थलहरूमा नै खुलेअाम याैनजन्य गतिबिधि माैलाएपछि सरकारले सार्वजनिक स्थानमा अश्लील गतिबिधि वा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने कानून ल्याएकाे हाे।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन’ भनिएको छ । यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger