Latest Updates :

विश्वकै सबैभन्दा बढी तौल भएका बच्चा : जसको तौल २ सय केजी पुगेपछि शरीरमा कपडा मिलेनन्, खाना दिन समेत गरियो बन्द

SHARE THIS POST :
विश्वकै सबैभन्दा बढी तौल भएका बच्चा : जसको तौल २ सय केजी पुगेपछि शरीरमा कपडा मिलेनन्, खाना दिन समेत गरियो बन्द
एजेन्सी । १० वर्षका बच्चाको तौल कति होला ? १९२ केजीका बच्चा इण्डोनेसियामा देखिएपछि सबै चकित परेका छन् । आर्य परमाना नामक बालक विश्वका सबैभन्दा वजनदार बालक भएको बिबिसीले लेखेको छ ।


ती मोटा बच्चाको जिउलाई मिल्ने कपडा बजारमा पाउन मुस्किल पर्छ । जसको मोटोपना यति तिव्र रुपमा बढिरहेको छ की उनका बाबुआमाले उनलाई पेटभरी खुवाउन पनि बन्द गर्नुपर्ने अवस्था सृजना भएको छ ।


जन्मिँदा जम्मा ३ किलो २ सय ग्राम तौलका यि बालक दुई वर्षको उमेरसम्म उनको सरीर सामान्य नै थियो । तर त्यसपछि उनको वजन अचानक बढ्न थालेर अहिले विश्वकै सबैभन्दा बढी तौल भएको बालक बन्न पुगे ।


जसका कारण उनले आफ्नो तौल धान्न नसकेर हिँड्न समेत सक्दैनन् । स्थानीय डाक्टरहरुका अनुसार आर्यको रोग पत्ता लागेको छैन । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले ठूला अस्पतालमा लगेर उपचार गर्न सकेका छैनन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger