Latest Updates :

रवि लामिछानेलाई मात्रै होइन सबैलाई जेल हाल:पाइलट विजय लामाको कडा चुनौती

SHARE THIS POST :

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टन विजय लामाले पत्रकार रवि लामिछानेलाई मात्रै होइन सबैलाई जेल हाल्ने चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै क्याप्टन लामाले निःस्वार्थ समाज सेवा गर्दा पत्रकार रविलाई जेल हाल्ने हो भने आफूलाई पनि जेल हालेर देखाउन चुनौती दिएका छन् ।

पत्रकार लामिछानेको विषयमा अनगल समाचार लेख्ने पत्रकारहरुप्रति पनि रोश प्रकट गरेका उनले विदेशको नागरिकता लिँदैमा नेपाली नहुने हो भने सहयोग किन लिएको प्रश्न गरेका छन् । साथै विदेशसँग हात थाप्नेले आफ्नै नागरिकले सहयोग गर्न हुँदैन भन्नु तर्कसँग नरहेको उनको भनाइ छ ।

‘केहि समय यतादेखि केहि पत्रकारहरुले रवि लामिछाने र धुर्मुसलाई बिना कारण विवादमा तानेको अभिव्यक्ति दिएका छन्।’ कुरै नबुझी रवि लामिछाने गैरनेपाली उसलाई कारवाही गर्नुपर्छ लगायतका उल्टा सुल्टा समाचार लेखेको भन्दै उनले त्यस्ता पत्रकारको खरो आलोचन गरेका छन्।

‘जनतालाई राहत दिलाउनु, दुःखी पीडितलाई सहयोग गर्नु, चेली बेटिको रक्षा गर्नु अनि देश विकासको लागि पाइला बढाउनु अपराध हो? यदि हो भने रविलाई मात्रै कारबाही गर्ने होइन हामी सबैलाइ गरे हुन्छ ज जस्ले यो मार्ग रोजेका छौ! जो कसैको गुलामी गरेर बसेका छैनौ! कुनै तस्कर सङ मिलेर काम गरेका छैनौ! कुनै ठुला बडाको चाकडीमा तल्लिन छैनौ अनि आफ्नो स्वाभिमान बेचेका छैनौ’, उनले आफ्नो स्टाटसमा लेखेका छन् ।

उनको स्टाटसको पूर्ण अंश जस्ताको तस्तै

‘केही समय यता केही पत्रकार मित्रहरुले (सबैले होइन नि फेरि) कैले मेरो बारेमा कैले धुर्मुस भाइकोबारेमा र अब आएर रवि भाइको बारेमा खुब चर्चा परिचर्चा गर्दै आएको पाएका छौ! कस्तो काम पाएका सबैले! यहाँ आफुलाइ (हामीलाई) भने चाहिँ एक मिनट नि फाल्तु समय छैन!

पत्रकारिता भनेको यहि नै हो??? कानुन भनेको यहि नै हो??

त्यस माथी त कुरै नबुझी रबिलाई कार्बाही गर्नु पर्छ भनेर माग पो राख्छ!!! हैट यो के भै राछ हाम्रो देशमा?

जनतालाई राहत दिलाउनु, दुखी पिडितलाई सहयोग गर्नु, चेली बेटिको रक्षा गर्नु अनि देश बिकाशको लागि पाइला बडाउनु अपराध हो? यदि हो भने रबिलाई मात्रै कार्बाही गर्ने होइन हामी सबैलाइ गरे हुन्छ ज जस्ले यो मार्ग रोजेका छौ! जो कसैको गुलामी गरेर बसेका छैनौ! कुनै तस्कर सङ मिलेर काम गरेका छैनौ! कुनै ठुला बडाको चाकडीमा तल्लिन छैनौ अनि आफ्नो स्वाभिमान बेचेका छैनौ!

बिदेशमा बस्यो या बिदेशी राहदानी लियो भन्दैमा नेपाली हैन भन्न मिल्छ? जुन सुकै रङ या देशको राहदानी (एबककउयचत) बोके पनि नेपाली त नेपाली नै हुन्छ भनेर किन न बुझेको मित्रहरुले? त्यसो भए जति पनि बिदेशमा भएका मेरा सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरुले नेपाल आमाको निम्ति केही गर्नु न पाउनु? अनि नेपाल मा बिदेशी सहयोग किन लिनु?

हरे कस्तो सोच भएको समुहहरुको बिचमा रहेछौ हामी त? खैर केही छैन किनकी हामिलाइ बिस्वास छ यस्तो तुछ्छ बिचार बोकेका हरु औला मा गन्न सक्ने मात्र छन! बडि मात्र मा त राम्रै छन नेपाली जनता!

त्यसैले पनि भन्छु‘रबि भाइ‘धुर्मुस भाइ‘तपाईंहरु आफ्नो देश र जनता प्रतिको समर्पणमा न डगमगाउनु हामी छौ साथ दिनलाई!! यो ज्यान हाजिर छ तपाईंहरु र तपाईं जस्ता सबैको लागि!’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger