Latest Updates :

सारै दुखद खबर रोकिएन टिप्पर आतंक । टिप्परले फेरि लियो ज्यान...

SHARE THIS POST :

टिप्परले फेरि लियो ज्यान
बर्तामोडः मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बा १ ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल चालक बुद्धशान्ति–४ बस्ने २४ वर्षीय लक्ष्मण खतिबडाको घटनास्थलमै मृत्यु भएको हो ।

टिपरको ठक्करबाट मोटरसाइकल पछाडी सवार २५ वर्षीय साहिल शेर्मा घाइते भएका छन् । घाइतेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । टिफरले बुद्धशान्ति गाउँपालिका–३ बेसीचौकमा दिँउसो २ बजे त्यही दिशामा रहेको मोटरसाइकलाई पछाडीबाट ठक्कर दिएको प्रहरीले बताएको छ ।

दुर्घटनापछि टिपरका चालक फरार भएका छन् । प्रहरीले टिपर नियन्त्रणमा लिई चालकको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger