काठमाडौ – स्टेज शोहरुमा धकामा मच्याउने रक गायिका सरस्वती लामा अब हट मोडल भएर आउने भएकी छन । आफर्नै स्वरमा रहेको ‘कतै भन्छन भैसी मलाई कतै भन्छन हात्ति’ बोलको गीतमा गायिका स्वयम मोडल बनेकी छन । उक्त गीतको भिडियोलाई सुलेमान शंकर इकुको निर्देशनमा गरेका छन ।
म्युजिक भिडियोमा रक गायिका सरस्वती लामा हट पहिरनमा देखा परेकी छन । सुटिङका क्रममा खिचिएको तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । उक्त तस्विरमा गायिका सरस्वती लामाले लगाएको इनरवेयर देखिएका कारण भाइलर बनेको हो । हट एण्ड सेक्सी गायिकाको रुपमा पहिचान बनाएकी सरस्वतीले अब उक्त गीत सार्वजनिक भएपछि झनै चर्चा कमाउने छन ।
भिडियोमा सरस्वती लामाको साथमा जादुगर महादेव त्रिपाठी र केशबलाई फिचरिङ गरिएको छ । उक्त गीतको सुटिङ रिपोर्टमात्र लाखौ भन्दा बढीले हेरेका छन । युट्युवको टेण्डिङमा समेत परेको छ । गीतको म्युजिक भिडियोमा गायिका लामालाई अहिलेसम्मकै हट अवतारमा देखाइएको छ । हेर्नुहोस सुटिङको भिडियो
Post a Comment