Latest Updates :

बिचित्र खबर पोखराको ‘सीता गुफा’भित्र यौनजोडि, जताततै भेटियो कण्डम

SHARE THIS POST :


कास्कीको पोखरा लेखनाथ महानगरपालिकमा रहेको पवित्र सीता गुफामा अनैतिक कार्य बढ्दै गएको । भगवान रामचन्द्र बनबास जाँदा रजस्वला भएकी सीता गुप्तवास बसेको यस गुफालाई सीता गुफा भनिएको धार्मिक किम्बदन्ती छ । तर, धार्मिक महत्व बोकेको यस गुफा अहिले तास खेल्नेहरु, चुरोट खानेहरु, लागुऔधष प्रयोग गर्नेहरु साथै यौन सम्पर्कको लागि प्रयोग भएको छ ।५० मिटर लामो र ७ मिटर चौडा यो गुफाभित्र छरपस्ट रुपमा प्रयोग भएका कण्डमहरु, धेरै तासका खोलहरु साथै चुरोटका ठुटाहरु समेत देखिन्छन् । गुफाभित्र अनैतिक कार्य हुने गरेपनि सम्बन्धित् पक्षको ध्यान जान सकेको छैन भने संरक्षण गर्ने तर्फ पनि कसैको नजर नपरेको बताइन्छ


यो पनि पढ्नुहोस


कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट


सुर्खेत, २४ असार (रासस) ः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ ।


नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिनुभयो ।


उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको जनाउनुभयो ।


“कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ । त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ”, मन्त्री बुढाले भन्नुभयो ।


जुन कुरालाई मध्यनजर गरेर कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर यसमा बढी बजेट छुट्याएको हो ।


पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई करोड, हिमालय गे्रट टे«ेलकनका लागि रु दुई करोड, बुलबुले ताल निर्माणमा रु पाँच करोड र काक्रेविहारका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ । यो प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने बताइएको छ ।


कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याए पनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको छ । पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले कम लगानीमा बढी प्रतिफल र रोजगार दिएर सुनिश्चितताका साथ निरन्तर चलिरहने एक मात्र क्षेत्र पर्यटन उद्योग हो भन्नुभयो ।


उद्योग, वाणिज्य, होटल व्यवसायी, निजी क्षेत्र नागरिक समाज तथा पत्रकारसहित सहभागी रहेको उक्त कार्यक्रममा खासगरी पर्यटकको बसाइँ लम्ब्याउन सक्ने खालको आवश्यक नीति, पूर्वाधार र वातावरण निर्माण गर्न सकिए मात्र पर्यटन क्षेत्रको विकास र समृद्धि हुने सुझाव दिइएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger