Latest Updates :

दश हजार बर्ष पुरानो, समुद्रभन्दा १३० फीटमुनि भेटियो श्रीकृष्णको द्वारका (भिडियो सहित)

SHARE THIS POST :
दश हजार बर्ष पुरानो, समुद्रभन्दा १३० फीटमुनि भेटियो श्रीकृष्णको द्वारका (भिडियो सहित)


भारतको गुजरातको अरब सागरमा १३० फीटको गहिराइमा १० हजार वर्ष पुरानो अवशेष फेला परेको छ । विज्ञहरूका अनुसार, यो द्वापर युगमा भगवान् श्रीकृष्णले बनाउनुभएको द्वारका नगरी हो ।

सरकारले आधुनिक प्रविधि प्रयोग गरेर द्वारकाका अवशेषहरू पत्ता लगाइरहेको छ । सन् २००० देखि २०११ सम्म नेसनल इन्स्टिच्युट ओसन टेक्नोलोजीले समुद्रमा प्रदूषण जाँच गरिरहँदा अवशेष भेटेको हो । समुद्रको गर्भमा एक पर्वत फेला परेको थियो ।

पौराणिक ग्रन्थअनुसार, भगवान् श्रीकृष्णले इहलीला समाप्त गरेपछि समुद्रले द्वारका नगरलाई डुबाइदिएको थियो ।वैज्ञानिक रूपमा हेर्दा महाभारतको युद्धमा आणविक बमहरूको प्रयोगपछि विश्वको तापक्रम बढेर समुद्रको जलस्तर बढेर द्वारका डुबेको हुनसक्छ ।

यहाँ भेटिएको काठको सामानको कार्बन डेटिङले नौ हजार ५०० वर्ष पुरानो सामान भएको पत्ता लाग्यो । त्यसबाहेक यहाँ हडप्पा सभ्यतामा देखिएका तलाउ र स्नानागार जस्ता कुरा पनि भेटिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger