Latest Updates :

रबि लामिछाने ले भेट्टाए अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन् । ! (भिडियोसहित)

SHARE THIS POST :

आज हाम्रो कार्यक्रमको २५० औँ श्रृङखला हो । यहाँसम्म आइपुग्दा हामी कयाैं का प्रिय भयाैं र सयौँका दुश्मन भयौँ । स,सना बिषयमा ठुलो ठुलो आवाज उठाउन हामीले गरेको प्रयास जुन स्तरले हुर्किदैछ, त्यसलाई हेर्दा लाग्छ, गरे हुने रहेछ । राजनीतिक ठुला ठुला बहस चलिरहँदा सर्वसाधारणको दैनिकी किन असहज हुने ?

मेलम्ची कहिले आउँछ थाहा छैन, जहिले आएपनि ठिक छ तर मेलम्ची नआउन्जेल पैसा तिरेर किनेको जारको, बोत्तलको पानीमा पनि विषादी ? आज सर्वसाधारण जनताले तरकारी खान डराउनु परेको छ, औषधि किन्दा आत्तिनु परेको छ, बाटो हिड््दा कतिखेर खाल्डोमा परेर गोडा मर्किने हो थाहा छैन, बर्खा याममा सार्वजनिक सवारी चड्न डराउनु परेको छ ।



ठुला ठुला वहसको उपादयता माथि प्रश्न गरेको होइन तर १२ रुपैयामा किसानसँग किनेको तरकारी उपभोक्ता भान्छामा पुग्दा ८० रुपैयाँ हुन्छ । सिचाइका बडेमानका योजना बनिरहँदा घर घरका समस्या बर्षौदेखि ज्युको त्यु भैरह्यो ।

बस हामी यसैमा केन्द्रित हुन चाहेको मात्र हौ तर यति जाबो झिना मासिना कुरामा बोल्ने हामी बबुराहरुको आवाजले टाउको दुखेर, केही मानिसहरु हैरान छन् । ठुला कुरा ठुला काम हँुदै गर्लान तर विजुलीको मिटर जोड्न घुस नखुवाई हुँदैन, एउटा खुट्टामा रोग छ अर्को खुट्टामा उपचार हुन्छ, सामुदायिक विद्यालयमा पढाउन पुस्तक, टेबुल, कुर्सी, शिक्षक छैनन्, नीजि स्कुल पढाउन तलबले कमाइले पुग्दैन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger