Latest Updates :

Breaking news….एकै घरका ४ जनाले सेती नदीमा हामफाले

SHARE THIS POST :

कैलाली। डोटीको आदर्श गाउँपालिकामा एकै घरका ४ जनाले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ ।

आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेती नदीमा हाम फालेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नावय उपरीक्षक लालबहादुर धामीले पुष्टि गरे ।

घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई ढिला गरी जानकारी आएको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।

सेतीमा हाम फाल्नेमध्ये ६ बर्षीय सुनिल वोहरालाई सेतीनदीमा माछा मार्दै गरेका स्थानीय मानवहादुर विकले बचाएका थिए भने अन्य तीन जनाको अवस्था अज्ञात छ ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीकक्षक धामीले बताए ।

नदीमा हाम फाल्नेमा बोहराकी २८ वर्षीया श्रीमती धौली , १२ वर्षीया छोरी राधिका, ८ वर्षीय सुरेन्द्र र ६ वर्षीय छोरा सुनिल बोहरा रहेका छन् ।

श्रीमतीले तीन छोराछोरीसहित सेतीमा हामफालेपछि घटनाको अनुसन्धान गर्न श्रीमान बमबहादुर बोहरालाइ नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

सत्यखबर ड्ट कम-satya khabar.com मा खबर छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger