Latest Updates :

Rip — सामान्य पेट दुखेर उपचार गर्न अस्पताल पुगेकी मनिषालाई यसरी मारे सिकारु डाक्टर हरुले

SHARE THIS POST :

सामान्य पेट दुखेर उपचार गर्न अस्पताल पुगेकी मनिषा अब कहिल्यै फर्किने छैनन्, अस्पतालको लागि मनिषा बनिन् प्रयोगशाला, आफन्तले लगाए आरोपचिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको बिरामीका आफन्तले आरोप लगाएका छन् । सामान्य अवस्थामा अस्पताल पुगेकी छोरीको ज्यान जानुमा चिकित्सकको गल्ती भएको उनिहरुको आरोप छ । ललितपुरको सुमेरु अस्पलतमा २६ बर्षीय मनिषा निरौलाको मृत्युभएपछि आफन्तहरु आक्रोशित भएका हुन् । आफ्नी छोरीलाई चिकित्सकहरुले प्रयोगशाला बनाएर ज्यान लिएको आरोप मनिषा निरौलाकी आमाको आरोप छ ।

आफन्तका अनुसार मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया मनिषा निरौला सामान्य पेट दुखेर सुमेरु अस्पतालमा भर्ना भएकी थिइन् । चिकित्सको सल्लाह अनुसारनै उनी अस्पताल भर्ना भएकी थिइन् । डाक्टरहरुले मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै भर्ना हुन आग्रह गरेपछि उनी अस्पताल भर्ना भएकी हुन् ।धापाखेलस्थित सुमेरु अस्पतालमा २५ दिनअघि भर्ना भएकी मनिषालाई अस्पतालले बुधबार राति मृत घोषणा गरेको स्थानीयको भनाइ छ । अस्पतालका अनुसार पेट दुखेकी मनिषाको मस्तिष्कघातका कारण मृत्यु भएको छ ।

मृतकका आफन्तहरुका अनुसार मनिषालाई चिकित्सकहरुले मृगौलाको समस्याका कारण पेट दुखेको हुन सक्ने अड्कलका साथ अस्पतालमा भर्ना भएर उपचार गर्न भनेका थिए ।तर, २५ दिनपछि बिना कुनै रोगको निदान उनलाई मृत घोषित गरिएपछि आफन्तहरु आक्रोशित भएका हुन् । अहिले अस्पतालमा प्रहरी बाक्लो उपस्थित छ । मृतकका आफन्तले नाराबाजी गरीरहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger