मेयर जिसीले उद्घाटन गर्दै गरेको फोटो खिच्दै गरेका पत्रकार र स्थानीयलाई स्काभेटरले रेलिङसहित मान्छे सोरेर खोलाको किनारमा पुर्याएको हो । दुर्घट्नामा पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पत्रकार रंञ्जन अधिकारी, रेडियो अन्नपूर्णका संवाददाता सन्देश श्रेष्ठ, प्रगति आमा समूहकी गौरी पौडेललगायत ५ जना घाइते भएका हुन् ।
घाइते गौरी पौडेलको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । पत्रकार अधिकारी उपचारपछि घर फर्केका छन् । अन्य ३ जना भने सामान्य घाइते भएका हुन् ।
यसअघि फुट ट्रयाकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्राकृतिक स्रोत र साधनको संरक्षण सँगै विकास गर्ने उद्देश्यले फिर्के खोला र बुलौदी खोलाको दुवै किनारमा ५ /५ मिटर दायाँ बायाँ फुटपाथ बनाउने कार्य सुरु भएको घोषणा गरेका थिए ।
फिड्के खोला र बुलौदी खोलाको कुल ६ किलोमिटर क्षेत्रको दायाँ बायाँ सरकारी, विभिन्न संघसंस्था र निजी गरी २ सय ११ संरचना रहेको मेयर जिसीले बताए । मापदण्ड विपरितका संरचना भत्काएर पोखरालाई दिर्घकालीन रुपमा विकास गर्न योजना अघि बढेको उनले सुनाए ।
पैदल मार्ग निर्माण कार्य पोखराको सिदार्थ चोकदेखि सुरु भएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को अयोजनामा भएको पहिलो चरणमा ३ सय मिटर हुने पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताए । पहिलो चरणमा १ करोड ७२ लाखमा तीन सय मिटर पैदलमार्ग बन्न लागेको हो ।
Post a Comment