Latest Updates :

भर्खरै आयो अत्यन्तै ठुलो दुखको खबर

SHARE THIS POST :
ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएका छन् । फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।

मोटरसाइकलसहित खोल्सा तर्ने क्रममा अचानक बाढी आएर उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । उनीसँगै मोटरसाइकलको पछाडि रहेका खड्ग विक भने हामफालेर बाँच्न सफल भएका थिए । मोटरसाइकल भने झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने बेपत्ता रहेको बताइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै, गएराति जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले ग्रामीण सडकलगायतमा क्षति पुगेको बताइएको छ । यता उत्तर—दक्षिण ओलाङचुङगोला लोकमार्गको सडकखण्डमा समेत पहिरोले क्षति पुगेको छ । कतै सडक नै झरेको र कतै माथिबाट आएको पहिरोले सडक पुरेको बताइएको छ ।

यस सडकखण्डमा यातायात नै चल्न नसक्ने अवस्था रहेको फुङलिङ नगरपालिका–१० का वडाध्यक्ष विश्वकप हेरेर फर्कँदा बाढीमा परी युवक बेपत्ता। रामेछापमा भीषण वर्षासँगैको बाढीमा परी पर्नेको संख्या २ पुग्यो, अझै ३ जना वेपत्तागमबहादुर फुरुम्बुले जानकारी दिनुभयो । पहिरोले पु¥याएको क्षतिको खवरहरु आइरहेको र विवरणसमेत संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । गएराति ताप्लेजुङमा मुसलधारे वर्षा भएको थियो । अहिले विहानदेखि भने वर्षा रोकिएको छ रामेछाप । रामेछाप छतिवन खोला नजिकै आएको बाढीले बगाउँदा मर्नेको संख्या २ पुगेको छ । गएराति भीषण वर्षासँगै आएको बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको ज्यान गएको छ । त्यस्तै इन्द्रबहादुर खत्रीको रोपाइँमा काम गर्न मन्थली नगरपालिका गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीको समेत ज्यान गएको छ । उनको शव तामाकोसीको हलेदीमा फेला परेको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।

बाढीमा परि अन्य ३ जना बेपत्ता भएका छन् । खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी र इन्द्रबहादुर खत्रीकी पत्नी वेपत्ता भएका छन् । अन्य ६ जना गम्भीर घाइतेको उद्धार गरिएको छ । उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।बाढीले खोलामा भर्खरै बनाएको पक्की पुल पनि बगाएको छ । बाढीले पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्धविच्छेद भएको छ । बाढीका कारण नदी किनार र आसपासका बस्तीमा जोखिम बढेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger