साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको नेपाल घर थाहा हुन सकेको छैन । उनीहरुमध्ये टोकियोको इतावासीको टोकिवादाई बस्ने श्रीस मगरको अवस्था गम्भीर छ । मगर बस्न नसक्ने गरी गम्भीर घाइते भएकी छन् । उनको पहिलो चरणमा शल्यक्रिया भइसकेको अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै घटनामा घाइते नेपालीको हात भाच्चिएको छ भने अन्यको अनुहार, मुख, दात र खुट्टामा चोट लागेको छ । घाइते पाँचैजनाको साइतामा विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।
आइपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । घटनास्थल टोकियो महानगरपालिकाको इकेबुकुरोबाट २० किलोमिटर दक्षिणमा पर्छ ।
साइतामा प्रान्तको खावागोय सहरको योसिनोदाईमा रहेको आईपीएल जापान कम्पनीले फलफुल र तरकारीको प्रशोधन सम्बन्धी काम गर्छ । किवा मानव संसाधन कम्पनीले आइपीएल जापानसगँको सहकार्यमा दैनिक कामको आवश्यकता अनुसार जापानको विभिन्न स्थानबाट विदेशी नागरिक परिपूर्ति गर्दै आएको छ ।
दुर्घटना हुँदा बसमा सवार २२ जना घाइते भएका थिए । घाइतेमध्ये १० नेपाली रहेको किवा कम्पनीकी कविता भण्डारीले जानकारी दिएकी छन् ।
बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे जापानस्थित नेपाली राजदूतावासले सम्पर्क प्रयास भइरहेको जनाएको छ ।
Source voicenp.net
Post a Comment