Latest Updates :

फेरी आयो दुखद खबर फेरी अर्को भयानक दुर्घटना ३७ जना,,,,

SHARE THIS POST :
धनकुटा : कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटारस्थित भोजपुरे खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। रौतहटबाट धनकुटाको पाख्रिवास कृषि अनुसन्धान केन्द्रतर्फ बजेतिर कृषि भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नम्बरको बस मंगलबार दिउँसो करिब ३ बजेतिर ब्रेक भई दुर्घटना भएको हो। बस सडकदेखि करिब १ सय मिटर तल भोजपुरे खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान सूर्य शिवाकोटीले जानकारी दिए। बसमा सवार सबैजना घाइते भएको प्रहरी जवान शिवाकोटीले बताएसबै घाइते यात्रुलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।केही यात्रु बाहेक सबैजना गम्भीर घाइते रहेको प्रहरी जवान शिवाकोटीले फोनमार्फत जानकारी गराए।

पर्वत – साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसीको शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।पर्वतको मोदी गाउँपालिका ५ बाजुङ धमिलपानी गाउँका किशोरको शव सोमबार बिहान घरमा आएको हो । गएको जेठ १५ गते साथीहरुले कुटेर किशोरको हत्या गरेका थिए । रोजगारीका लागि विदेश किशारको आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ । किशोरको शव गाउँमा आएपछि गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए । उनको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर छोरो शवमा दागबत्ती दिनुभएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger