Latest Updates :

सुरक्षा दिने सशस्त्र प्रहरीको कार्कीले गरे खेतमै श्रीमतिकाे हत्या

SHARE THIS POST :

भीमदत्तनगर : घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका-८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । मंगलबार बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिएका छन्। ‘बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन्।’
घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने , ‘खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो।’ केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए।हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगिएको छ। प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन्। रासस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger