Latest Updates :

दुर्घटना: दुखत खबर ट्यांकर र मोटर साइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यू#RIP#

SHARE THIS POST :

१४ असार, पोखरा । पोखरामा बुधबार साँझ भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–५, मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।

ग.१ ख. २८९६ नम्बरको ट्यांकरसँग ध.१ ख.५०२१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा म्याग्दी घर भएका मोटरसाइकल चालक २४ वर्षीय धनबहादुर छन्त्याल र सोही मोटरसाइकलको पछाडि सवार म्याग्दी दानाकी २५ वर्षीया बृन्दा थापाको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बुधबार साँझ मृत्यु भएको हो भने मोटरसाइकल चालक छन्त्यालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहीबार बिहान मृत्यू भएको हो । उनीहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger