Latest Updates :

पर्सामा ३ महिने छोरी सहित बुहारीलाई जिउदै जलाइदिए

SHARE THIS POST :
वीरगन्ज : पर्साको धोबिनी गाउँपालिका वडा नम्बर-३ हरिहरपुरमा एक महिला र उनकी तीन महिने छोरी सँगै जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ। स्थानीय सन्जयकुमार साहकी पत्नी सन्जु देवी र उनकी तीन महिनाकी छोरीलाई शुक्रबार बिहान घरमा जल्दै गरेको अवस्थामा छिमेकीले उद्दार गरेका हुन्।

उद्धार गरिएका आमा छोरी दुवैको अवस्था गम्भीर रहेको छ। स्थानीयले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको भएपनि उपचार हुन नसकेपछि दुवै जनालाई शुक्रबार नै काठमाडौं लगिएको छ।

गम्भीर अवस्थाका आमा छोरीको काठमाडौंको कीर्तिपूरमास्थित बर्निङ सेन्टरमा उपचार भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए। प्रहरी नायव उपरीक्षक लिम्बूका अनुसार सन्जु देवीको घाटीमा धारिलो वस्तुले काटेको घाउ देखिनुका साथै उनको छाति, गाला र दुवै हातमा आगोले पोलेको छ।उनकी छोरीको पनि घाटीमा ब्लेडले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ।आमाभन्दा छोरीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक लिम्बूले बताए।

घाइते सन्जु देवीले घरायसी विवादको विषयलाई लिएर ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन्। प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी छिन्।

सुतिरहेका बेला शुक्रबार बिहान तीन/चार बजेतिर अचानक आएका ससुराले कुटपिट गर्दै मेरो र छोरीको जीउमा आगो लगाएर मार्ने प्रयास गरेका हुन्, घाइते महिला सन्जु देवीको भनाइ उधृत गर्दै प्रहरी नायव उपरीक्षक लिम्ब‍ूले बताए।

तर सन्जु देवीका सासू ससुरा र देवरले भने सन्जु देवी आफैले छोरी र आफनो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको बताएका छन्।सन्जु देवीले आफ्नो र दूधेबालकको जीउमा आगो लगाएलगत्तै छिमेकीको सहयोगमा आमा र छोरी को उद्दार गरी अस्पतालमा पुरयाइएको उनीहरुले बताएका छन्।

सन्जु देवीले जीउमा आगो लगाउनुभन्दा पहिले छोरीको घाँटीमा ब्लेडले काटेर घाउ पनि बनाएको ससुरा लक्ष्मीप्रसाद साहले बताए। घरायसी झगडा भएपछि त्यसैको आक्रोशमा सन्जु देवीले दूधे छोरीसहित आत्महत्याको प्रयास गरेको ससुरा लक्ष्मी साहले बताएका छन्।

प्रहरीले अनुसन्धानका लागि सन्जु देवीका ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ। आमा र छोरीको जीउमा धारिलो हातियारले काट्ने र आगो लगाउने काम कस्ले गर्‍यो, त्यो अहिलेसम्म खुलेको छैन, प्रहरी नायव उपरीक्षक लिम्बूले भने, ‘ससुरा र देवरलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ। सन्जु देवीका पति सन्जय,नेपाल प्रहरीका जवान हुन्। उनी अहिले काभ्रेमा कार्यरत छन्। अन्नपूर्ण पोस्टमा खबर छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger