Latest Updates :

दिलमायाले पाइन न्याय, रेखा र अनितालाई ६ महिना कैद सजाय सुनाइयो

SHARE THIS POST :

असार १४, दाङ । केही दिन पहिले भालुबाङमा दुई महिलाले एक महिलालाई निर्वस्त्र पारी कुटपिट गरिएको मुद्दा फैसला भएको छ ।

अर्घाखाची जिल्ला सितगंगा नगरपालिका-९ ठारखोलाकी दिलमाया पुनलाई भालुबाङको निर्माणधिन बसपार्कमामा निर्बस्त्रपारी कुटपिट गर्ने दाङ जिल्ला राप्ती गाउँपालिका-१ भालुबाङ पुरानो बजारका रेखा गुप्ता र अनिता गुप्तालाई ६ महिना कैद र २५ हजार जरिवाना सहितको सजाय गरिएको छ ।

बुधबार (हिजो) प्रमुख जिल्ला अधिकारी गहेन्द्रबहादुर श्रेष्ठको एकल इजलासले यस्तो सजायको फैसाला गरेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए । पिडक गुप्ताद्वयलाई बुधबार नै तुलसीपुर कारागार चलान गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।

गत जेठ २५ दिउँसो भालुबाङका दुई महिलाले एक महिलालाई निर्वस्त्रपारी अमानवीय तरिकाले कुटपिट गरेका थिए । तर उक्त घटनाको भिडियो भालुबाङ पुल्चोक बजारकी रितु रानाले आफ्नो फेसबुकमा पोष्ट गरेपछि ईलाका प्रहरी कार्यालय भालुबाङले पिडक गुप्ताद्वयलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger