असार,१३/ भारतीय प्रहरीले नयाँ दिल्लीको ओखला ट्यांक जंगल नजिक टुक्रा टुक्रा अवस्थामा फेला परेको एक महिलाको लाशको गुत्थी सुल्झाएको दाबी गरेको छ ।
हत्या आरोपमा तीन जनालाई गिरफ्तार गरेको छ ।
तीनैजना बिहारको चपारण जिल्लाका बासिन्दा हुन् ।
डीसीपी चिन्मय विश्वासका अनुसार जंगलमा एक बाकस र झोलामा टुक्रा टुक्रा अवस्थामा एक महिलाको शव फेला परेको थियो ।
प्रहरीले महिलाका पति साजिद र उनको भाइमाथि आरोप लगएको थियो । राम्रो जागिर र कमाइ नभएका कारण पति पत्नीबीच झगडा भइरहने गरेको थियो ।
यसबीचमा साजिदको अर्की एक महिलासँग सम्पर्क हुन पुग्यो र पहिली पत्नीले उनीहरुबीचको सम्बन्धलाई स्वीकार नगर्ने भएपछि साजिलले गला दवबार पत्नी जुहीको हत्या गरेका प्रहरीसँग बयान दिएका छन् । त्यसपछि उनले शवलाई काटेर डिव्वा र झोलामा राखेर भाइको जिम्मा लगाएका थिए ।
Post a Comment