Latest Updates :

कन्काई नदीमा बल्छी थाप्दा यसरी चम्कियो भाग्य…

SHARE THIS POST :
झापाको शिवसताक्षी नगरपालिका-१०, माइधामका शेरबहादुर शेर्मा प्रायः कन्काई नदीको आसपास भेटिन्छन् । उनको साथमा चुम्बक कहिल्यै छुट्दैन ।नदीमा चुम्बकलाई डुबाउँदै उनी यत्रतत्र हिँडिरहन्छन् ।

वेलावेला नदीबाट केही झिके जस्तो पनि गर्छन् । सामान्य नजरले हेर्दा लाग्छ, उनी त्यहाँ बल्छी थापेर माछा मारिरहेका छन् ।तर, जब नजिकबाट उनलाई नियालिन्छ, तब उनको बल्छीबाट माछा होइन, पैसा निस्किरहेको देख्न सकिन्छ । उनी विगत ५ वर्षदेखि कन्काई नदीमा मानिसहरुले फ्यालेको सिक्का बटुलेर गुजारा चलाइ रहेका छन् । नदीमा चढाएको सिक्का बटुलेर गुजारा

शेर्मा मात्र होइन, यस क्षेत्रका अन्य थुप्रै वृद्ध र बालबालिका नदीबाट सिक्का टिपेर गुजारा गर्छन् ।कन्काई पुलबाट यात्रा गर्ने बटुवा र आफ्ना आफन्तको अन्त्येष्टी कार्यमा सरिक हुन आएका मलामीजनले नदीमा फ्याँकेका सिक्कालाई सङ्कलन गर्नु उनीहरुका लागि पेशा नै बनेको छ ।नदी किनारमा बसेर उनीहरु सिक्क टिप्नलाई बल्छी थाप्छन् । ‘घुँडा-घुँडासम्म पानी हुँदा सजिलै टिपिन्छ’, शेर्मा भन्छन्, ‘एक अञ्जुली बालुवा निकालेर सिक्का टिप्छौं

।’एक दिनमा ३ सयसम्म कमाई !

उनका अनुसार सामान्यतयाः २० अञ्जुली बालुवामा कम्तिमा ६ रुपैयाँदेखि १० रुपैयाँसम्म भेटिन्छ । कतिपय समयमा एकै अञ्जुलीमा १५ रुपैयाँसम्म भेटेको स्मरण पनि उनलाई छ ।हरेक साताको शनिबार र मंगलबार उनले एकैदिन ३ सय रुपैयाँसम्म भेला पार्छन् ।

अरु दिन पनि कम्तिमा एक सय रुपैयाँ भेला पार्छन् ।यसरी उनले बल्छीमा सिक्का थापेर ४ जनाको परिवार धानेका छन् ।

नदीमा बाढी आएको वेलामा भने उनी छुट्टी पाउँछन् । त्यसवेला पानीको बहाव कम भएतिर मात्र उनी बल्छी थाप्छन् । तर, खासै पैसा भेटिँदैन ।‘बाढी आएको वेला सिक्का पनि बगाएर लान्छ’, शेर्माले सुनाए, ‘फेरि नदीमा पस्न पनि त डर मर्दो हुन्छ नि !’५ वर्षअघि गाउँका अन्य बालबालिकाले चुम्बकले पैसा तानेको कुरा सुन्दा उनी आश्यर्चमा परेका थिए ।

त्यसवेला बच्चाहरुले झुठ बोले होला भन्ने लागेको थियो’, उनले सुनाए, ‘तर, वास्तवमै चुम्बकले पैसा तान्दो रहेछ ।’ भाग्य चम्किँदा सुनको औंठी !चुम्बकले पैसा तानेको देखेपछि आफूले पनि त्यही काम सुरु गरेकेा उनले स्मरण गरे । हाल उनी विहानै उठ्छन् । नृत्यकर्म सक्छन् । र, नदीमा पसिहाल्छन् ।

खाना खाने वेलामा घर आउँछन् । त्यसपछि फेरि नदीमै पस्छन् । अनि, साँझ परेपछि झोला भरि सिक्का बोकेर फर्किन्छन् । कहिलेकाँही भाग्य चम्किँदा सुनका गरगहना पनि भेटिने गरेको उनले सुनाए । दुई वर्षअघि आफूले सुनको औँठी भेट्टाएको उनले सम्झिए । नदीबाट पैसा टिप्ने पेशासँगैको उनले अर्को सहायक पेशा पनि अंगालेका छन् ।

उनी बाढी आएका वेला दाउरा सङ्कलन गर्छन् । र, त्यो दाउरा शव जलाउने क्रममा प्रयोग गरिन्छ ।जसबाट पनि उनले राम्रो आम्दानी गर्छन् । दाउरा बेच्दा एक जनाले नै ४५ सय रुपैयाँसम्म दिने गरेको उनले बताए ।

एकैदिन पैसा टिप्न १५ जना !

पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी र कनकाई नगरपालिकालाई जोड्ने ७ सय ३ मिटरको कन्काई पुलबाट हिँड्ने मानिसहरुले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले नदीमा पैसा चढाउने गरेका छन् ।शेर्मा सम्झन्छन्, ‘कहिले काहीँ त पैसा टिप्दा टिप्दै टाउकोमै सिक्काले लाग्छ स्थानीयका अनुसार कन्काई पुल आसपास शनिबार र मंगलबार पैसा टिप्नेहरुको भिड नै लाग्छ ।

कन्काई नदीबाट पैसा टिप्दै आएका अर्का व्यक्ति कुलबाहादुर राई भन्छन्, ‘शनिबार र मंगलबार १२ देेखि १५ जना सम्म हुन्छौ ।’ उनका अनुसार अन्य दिन पनि कम्तिमा ५/६ जनाले पैसा टिपिरहेका हुन्छन् । लामो लौरोमा फलामेको काँटी र चुम्बक बाँधेर उनीहरुले पैसा टिपिरहेका हुन्छन् ।यी मानिसहरुले नदीमा फ्याकेको पैसा टिपेको देख्ने व्यक्तिहरु चाहिँ छक्क पर्ने गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger