अाजको नयाँ पत्रिकामा खबर छ-मृतकका आफन्तले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये रोल्पाका महेश रोका, कमानसिंह रोका र राष्ट्रे रोकाका तीन भाइ रहेका छन् । यसैगरी कविता घर्ती, बिन्ती घर्ती, सृजना रोका, जीतमाया र बाघिमान घर्ती (बोलाउने नाम) श्रीमान श्रीमती रहेका छन् । उनीहरु एकै परिवारका आफन्त भएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । घटनामा २० जना मृत्यु भएको थियो ।
मृतक सबैको शव हेलिकप्टरबाट जिल्ला जिल्लामा पुर्याइएको छ । पोखरामा जम्मा गरिएको शवलाई जिल्लामा पुर्याइएको हो । साँझ करिब पाँच बजेतिर दाङका मृतकहरुको शव जिल्लामा पुर्याइएको थियो ।
गरिब परिवारमा बज्रपात
मृतक सबै मजदुरी गरेर खाने निम्न वर्गीय परिवारका रहेका छन् । राप्ती गाउँपालिका ३ का मृतक सबैका घरपरिवार एैलानी जग्गामा झुपडी हालेर बस्दै आएका छन । मुस्ताङमा लेबर काम गर्दा राम्रो कमाइ हुने आशामा उनीहरु मुस्ताङसम्म पुग्ने गरेको स्थानीय प्रकाश शाहीले बताए ।
‘यहाँका अधिकांश स्थानीय मुस्ताङ र काठमाडौंमा घर बनाउने काममा जाने गर्छन ।’ शाहीले भने ‘पछिल्लो चरणमा मुस्ताङका स्थानीयले टुरिस्टहरुलाई गाइड गर्ने भएकाले यहाँबाट गएका मजदुरी गर्ने काम पाउदै आएका थिए । शाहीले दिएको जानकारी अनुसार यसअघि दाङका स्थानीय मुस्ताङमा दुर्घटना परेको खबर आए पनि मृत्युको खबर आएको थिएन ।
यस घटनाले गाउँलाई शोकमा डुबाएको स्थानीय शान्ति रोका बताउछन् । उनी भन्छिन्, ‘एउटै परिवारमा ८ जनाको मृत्यू भएको छ । आफन्तहरु कोही रोल्पामा छन्, कोही दाङमा । काजकिरिया गर्ने त्यस्तै समस्या रहेको छ ।’
Post a Comment