पाँचै जना बसेर सामुहिक बलत्कारपछि हत्या गर्ने र शवको ठेगान लगाउने योजना बन्यो र उनीहरु असार १२ गते विहान ९ बजेदेखि नै मायालाई ढुकेर बसे ।माया आउने वित्तिकै दुई जनाले मुख छोपेर हात पछाडी बाधेर जङगलमा लगे । मायाको मुखमा विरुवाका पात कोचियो, हात उनकै दोपट्टाले पछाडी बाधियो र बलत्कार गर्न सुरु गरियो । मुखमा पात कोचिएकी र हात बाधिएकी मायाले न बोल्न सकिन् न त प्रतिकार नै ।
कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार युवतीको सव भेटिएको दिनमा दुई जनालाई पक्राउ गरिएको थियो भने छानबिनका क्रममा २० जनालाई पक्राउ गरिएको थियो ।हत्या गरिएकी युवती गौरीगंगा नगरपालिकाको वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत थिइन् । मुखमा कोचिएको बुजोका कारण सास फेर्न नसकेपछि चौथो व्यक्तिले बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटनामा संलग्नमध्ये मनोज बोगटी हिजो बिहीबार पक्राउ परेपछि उनले नै घटनाको बेली बिस्तार लगाएका हुन् । युवतीले प्रयोग गर्दै आएको मोबाइल पनि उनकै साथमा फेला परेका कारण घटना पुष्टी गर्न थप सहयोग पुगेको हो ।पत्रकार सम्मेलनमा बताइए अनुसार असार ८ गते घटनाका प्रमुख योजनाकार मानिएका गणेश बडुवालले युवतीलाई यौन सम्बन्धका लागि प्रस्ताव राखे । तर युवतीले सिधै इन्कार गरिन् । त्यसैको प्रतिसोधमा गणेशले साथीहरुसँग मिलेर सामूहिक बलात्कार गर्ने योजना बनाए र यो घटना भयो ।प्रहरी उपरीक्षक घिमिरेले आरोपितलाई बलात्कार, ज्यान मुद्दा र सामूहिक बलात्कार गरी तीन मुद्दा चलाइने जानकारी दिए ।
Post a Comment