Latest Updates :

शिक्षण अस्पतालमा बिरामी उपचार गर्न रोक्ने डाक्टरलाइ नै कठालो समात्दै कुटे नर्सहरुले

SHARE THIS POST :

संघको निर्णयमा चिकित्सकहरू विभाजित, बिहीबार स्वास्थ्य संस्थामा आंशिक प्रभाव

डा. गोविन्द केसीको अनशनको विषयलाई लिएर चिकित्सकहरूबीच नै ध्रुविकरणभएको छ । केसीको माग सम्बोधन गराउन देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णयसँगै चिकित्सकहरू दुई ध्रुवमा विभाजित भएका हुन् । डा. केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव प-यो ।

शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य सेवा दिइयो । शिक्षण अस्पतालले दिनभर सामान्य सेवा सञ्चालन भएको बतायो । यस्तै पाटन र वीरमा पनि सामान्य रूपमा सेवा सुचारु रह्यो । धादिङबाट उपचार गर्न शिक्षण अस्पताल महाराजगन्ज आएकी सरिता धमलाले ढिलै भए पनि सेवा पाएको बताइन् । ‘बिहान केहीबेर लफडा भएको थियो, त्यसपछि आन्दोलनकारी अस्पतालबाट लखेटिए र सेवा सुरु भएपछि जाँच गराएँ,’ उनले भनिन् ।

शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे

शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।

अाज पानिमा लगानि गरे भविष्यमा अाैषधि उपचारमा लगानि गर्न पर्दैन
अाज पानिमा लगानि गरे भविष्यमा अाैषधि उपचारमा लगानि गर्न पर्दैन

केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु-याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।

थापाथलीमा पनि सेवा रोकिएन

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बिहानैदेखि बिरामीलाई स्वास्थ्य सेवा दिएको थियो । सेवा सुरु भएको जानकारी पाएपछि नेपाल चिकित्सक संघका दुईजना पदाधिकारीसहित केही व्यक्ति अस्पताल पुगेका थिए । अस्पताल प्रशासनलाई बन्द गर्न आग्रह गर्दा त्यहाँ रहेका बिरामी र चिकित्सकले विरोध गरेपछि उनीहरू बाहिरिएका थिए । बन्द गराउन गएका एक पदाधिकारीले भने, ‘अस्पतालमा पुग्दा १२ बजेको थियो, बिरामीको भिडभाड थियो । सेवा रोक्न नसकेपछि बाहिरियौँ ।’

समस्या समाधान गर्न सरकार माथेमा कार्यदलसँग बस्नुपर्छ

डा. लोचन कार्की, महासचिव, नेपाल चिकित्सक संघ

चिकित्सक संघ यस्तो विषम परिस्थितिमा मध्यस्थकर्ताको भूमिका खेल्न चाहन्छ । यो अवस्थामा केसी पक्ष र सरकार मिल्नुको अर्को बाटो देखिँदैन । तर, त्यसका लागि दुवै पक्ष लचक बन्नुपर्छ । सरकारले पनि केसीलाई कहिल्यै अनशन बस्न नपर्ने हिसाबले सहमति कार्यान्वयन गर्नुपर्छ । हामीले गरेको हडताल केसीको जीवन रक्षा र उनले उठाएका स्वास्थ्यका जायज मागको विषयमा हो । केसीले शिक्षा र स्वास्थ्यभन्दा बाहिरका विषय पनि उठाउनुभएको छ, त्यसमा चिकित्सक संघ सहमत जनाउँदैन ।

समस्या समाधान गर्न सरकार र केसी पक्ष माथेमा कार्यदलसँग बस्नुपर्छ । कार्यदलले प्रतिवेदन बुझाएको तीन वर्ष भइसकेको छ । त्यसलाई परिमार्जन वा जस्ताको त्यस्तै पास गर्ने भन्ने विषयमा विवाद छ । यो अवस्थामा केही विषय अवश्य नै परिमार्जन गर्नुपर्ने देखिन्छ । तीन वर्षअघिको प्रतिवेदन हुबहु लागू गर्नुपर्छ भन्ने कुरामा डा. केसीले पनि लचकता देखाउनुपर्छ । यो प्रतिवेदन माथेमा कार्यदलले बनाएका कारण यसमा केसीभन्दा पनि माथेमासँग छलफल गरेर निकास निकाल्न आवश्यक छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger