एजेन्सी- चीनमा साङ्लाहरु गतिलो कमाईको माध्यम बनेको छ । त्यहाँ साङ्लालाई सम्भावित औषधीय गुणका रुपमा लिने गरिन्छ । त्यहाँका औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसर बनेको छ । भएका साङ्ला मात्रै प्रयोग गर्ने होईन्, त्यहाँ अहिले उत्पादन नै गरिँदैछ ।
प्रत्येक बर्ष शिचांग सहरमा एक औषधि कम्पनीले ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दुई वटा खेल मैदान जत्तिकै क्षेत्रफलमा एक भवनमा अहिले साङ्ला पालन गरिएको छ ।दराजका पातला घर्राहरुमा राखेर खाना तथा पानीको जोहो गर्ने गरिएको छ । त्यहाँ पालिएका साङ्लाहरु वयस्क भएपछि संकलन गरी पिँधेर लेदो बनाइन्छ ।
र जुस तयार पारिन्छ । जुन परम्परागत औषधिको रुपमा बिक्रि हुन्छ ।समाचारमा उल्लेख भए अनुसार पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ ।
निर्वाचन खर्च नै एक खर्ब ३१ अर्ब, अनि कसरी हुन्छ देशको विकास
काठमाण्डु, १ साउन– नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ ।निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्वजनिक गरेको तीनै तहको निर्वाचन अभियानको सिलसिलामा भएको खर्चसम्बन्धी अनुसन्धान अध्ययन प्रतिवेदनअनुसार निर्वाचनका लागि सरकारले ३४ अर्ब ७२ करोड र बाँकी रु ९६ अर्ब ९१ करोड उम्मेदवार तथा उनीहरूका शुभेच्छुकबाट खर्च गरिएको देखिन आएको छ ।
नेपालको संविधानले व्यवस्था गरेबमोजिम स्थानीय तहको निर्वाचन तीन चरणमा (२०७४ वैशाख ३१, असार १४ र असोज २ गते) तथा प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन दुई चरणमा, (२०७४ मंसिर १० र २१ गते) मा सम्पन्न भएको थियो । स्थानीय तहको निर्वाचनमा ३५ हजार ३२१ पदका लागि एक लाख ४८ हजार ३६२ उम्मेदवार प्रतिष्पर्धामा थिए भने प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनमा ८२५ पदका लागि ११ हजार २० जना प्रत्याशी प्रतिष्पर्धामा थिए ।
समितिले स्थानीय तहका लागि भएको निर्वाचन खर्च सम्बन्धमा काठमाडौंँ, मोरङ, दाङ र जाजरकोटमा अध्ययन गरेको थियोि । प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनका लागि भौगोलिक र जनसांख्यिक आधारमा ३१ जिल्ला छनोट गरी नौ महीना अध्ययन गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अध्ययनका लागि अन्तर्वार्ता, विषय अध्ययन, तथ्याङ्क संकलन, पर्यवेक्षण, डेस्क रिभ्यूलगायत अध्ययन विधिका आधार लिइएको थियो । अध्ययन अनुसार प्रदेशसभा र प्रतिनिधिसभाका लागि हुने निर्वाचनका लागि प्रत्याशीको पेशागत संलग्नतालाई हेर्दा सबैभन्दा बढी ४८ प्रतिशत राजनीतिक पेशा, १८ प्रतिशत कृषि, १२ –१२ प्रतिशत व्यापार र सामाजिक सेवा, तीन प्रतिशत शिक्षक, दुई प्रतिशत निर्माण व्यवसायी र बाँकी ५ प्रतिशत अन्य पेशामा संलग्न व्यक्ति देखाइएको छ ।अध्ययनले दर्शाएको तथ्याङ्कबमोजिम निर्वाचनमा बढी खर्च गर्न सक्ने उम्मेदवार निर्वाचित हुने सम्भावना बढी रहेको देखिन आएको छ भने निजको निकटतम प्रतिद्वन्द्वीको खर्च विजयी उम्मेदवारको भन्दा सामान्य रुपमा मात्र कम रहेको छ ।
Post a Comment