Latest Updates :

जीप सडकबाट १२० मिटर तल खस्यो : २ को मृत्यु, २ घाइते

SHARE THIS POST :

काठमाडौं । रसुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बुबमा दुर्घटना ग्रस्त भएको थियो ।

मृत्यु हुनेमा घर भएका ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङका २४ वर्षीय विकास घर्तीमगर रहेका छन् ।नवलपरासीका गौतम अर्याल र सुनसरीका जीवन राई घाइते छन् । जीप चालक प्रकाश तामाङ भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट १२० मिटर तल खसेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger