Latest Updates :

सुन्दा अचम्म लाग्ला नवजात छाेरीलार्इ स्तनपान गराउने पहिलो पुरुष : भन्छन्- ‘विश्वासै गरेकाे थिइनँ’ अन्तरास्ट्रिय

SHARE THIS POST :

पुरूषले शिशुलार्इ स्तनपान गराएकाे खबर अानाैठाे लाग्नु स्वाभिकै हाे । तर अब याे कुराे त्यति अनाैठाे मान्नुपर्ने रहेन, किनभने अमेरिकी एक पुरूषले शिशुलार्इ स्तनपान गराएका छन् ।

अमेरिकाको विस्कनसिनमा बस्दै आएका एक परिवारमा गएकाे जुन महिनाकाे २६ तारिखमा नयाँ शिशुकाे जन्म भएको थियो । अस्पतालको त्यो रात मात्र आमाको लागि महत्त्वपूर्ण नभर्इ बुवाका लागि झन् विशेष रह्याे । किनभने ती शिशुलार्इ अामाले जन्म दिए पनि दूध चाहिँ बुवाले चुसाए ।

लामाे समयदेखि ‘प्री एक्लेन्पिसिया’ले थलिएकी आमाले बच्चालाई जन्म त दिइन् तर उनकाे डेलिभरी त्यति सामान्य थिएन । यो समस्या प्राय: गर्भवती महिलालाई हुने गर्छ । उनको अवस्था ज्यादै नाजुक भएकै कारणा ‘सिजेरियन डेलिभरी’ गराउनु परेकाे थियाे ।

अन्ततः एप्रिलले अबेर राति छोरीलाई जन्म दिइन्, जसकाे नाम ‘रोजेली’ राखियो। तर छाेरीलार्इ जन्म दिएपछि अामा एप्रिलकाे स्वास्थ्यमा अर्काे गम्भीर समस्या अायाे, जसले उनी अस्पतालकाे बेडमा थलिनुपर्याे । उनले नवजात शिशुलार्इ दूध चुसाउन सक्ने अवस्था समेत थिएन ।

नवजात शिशु भाेकले रुन थालेपछि नर्सले बच्चाकी आमाको खोजी गरिन् तर अामा अर्कै बेडमा थला परिसकेकी थिइन् । तब आमाको साटो नर्सले शिशुकाे बुवा म्याक्समिलियनलाई भेटिन् र छाेरीलार्इ दूध चुसाउने उपायबारे सल्लाह गरिन् । ‘नर्स आफ्नो काखमा हाम्रो छोरीलाई बाेकेर आइन्, हामी नर्सको पछिपछि लाग्यौँ,’ ती पुरूषले भनेका छन्, ‘म एक ठाउँमा बसेँ र आफ्नो सर्ट खोलेँ किनकि म आफ्नी छोरीलाई स्पर्शको अनुभूति दिन चाहन्थेँ ।’

नर्सले शिशुलार्इ कसरी दूध पिलाउने भन्नेबारे अनेक अाइडिया लगाउन थालिन् । यत्तिकैमा उनले भनिन्, ‘शिशु भाेकले कराइरहेछ, केही न केही दिनपर्छ । औँलाले नै दूध पिउन लगाउने कि ? कम्तीमा सुरुवात त गर्नुपर्याे ।’ लगत्तै नर्सले अर्काे उपाय साेच्दै ती बाबुलार्इ साेधिन्, ‘के तपाई आफ्नो छातीमा निप्पल लगाएर ब्रेस्टफिड गर्न तयार हुनुहुन्छ ?’ अनाैठाे मान्दै भए पनि ती पुरूष नर्सकाे भनाइमा सहमत भए र अाफ्नी छाेरीलार्इ स्तनपान गराउन तम्सिए । अनि नर्सले एउटा ट्यूबको सहायताबाट एउटा प्लाष्टिक निप्पललाई ती पुरूषको छातीमा लगाइदिइन् । उक्त ट्युबमा फर्मुला मिल्क्सले भरिएको एउटा सिरिन्ज जोडिएको थियो, जुन उनकाे स्तनकाे टुप्पाेमा लगेर जाेडिएकाे थियाे, जहाँबाट शिशुले अामाकै स्तनजस्ताे ठानेर स्तनपान गर्न सकाेस् ।

याे एउटा अनाैठाे घटना नै मान्नु पर्छ । उक्त अनुभूतिलार्इ बाबु म्याक्समिलियनले यसरी व्यक्त गरेका छन्, ‘मैले यस्तो कहिल्यै पनि गरेको थिइन र सोचेको सम्म थिइनँ । म कुनै नवजात शिशुलाई पहिलोपटक ब्रेस्टफिड गराइरहेकाे थिएँ, आफैँलाई विश्वास भइरहेको थिएन । केही समयमै मैले अाफूलार्इ प्यारी नवजात छोरीसँग जोडिएको महसुस गर्न थालेँ । तब उसकाे ख्याल पनि गरिरहेँ, अानन्द लागिरह्याे ।’

उनले छोरीलाई ब्रेस्टफिड गराइरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समेत राखेपछि यसले चर्चा पाउँदै गयाे । उक्त नवजात शिशुकाे तौल ३.६ किलो रहेकाे थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger