Latest Updates :

संसारकै दुर्लभ कालो खुकुरा, जसको मूल्य २ लाख रुपैयाँ पर्दछ र मासु पनि कालै हुन्छ, यसकारण छ यति महँगो

SHARE THIS POST :

अन्य समाचार
एसईई मा नेपाल टप यी चेलीको जीबनी कती मिहिनेत गरेकी रहीछन (यो हेर्नुहोस बधाइ छ हाम्रो)
एसईई परिणाम: मिहिनेतले बनायो उत्कृष्ट अञ्जलीका बाबु अपांग छन् भने आमा तुलसी सांकेतिक भाषा विद्यालयकी सहयोगी । उनी हजुरआमाको सहारामा एक गैरसरकारी संस्थाको छात्रवृत्तिमा पढ्दै आएकी थिइन् ।असार ११, २०७५कान्तिपुर संवाददातापर्वत — कुश्मा नगरपालिका ७ की अञ्जली पुरी सबै विषयमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएकी छन् । नतिजाअनुसार उनको आठवटै विषयमा समान ४ जीपीए छ । कुश्माकै कालीगण्डकी एकेडेमीकी यी छात्राले यो वर्षको एसईईमाधौलागिरि अञ्चलमै उत्कृष्ट अंक ल्याएकी हुन् ।पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी । तस्बिर : लालप्रसाद शर्मा

हजुरआमाको सहारामा एक गैरसरकारी संस्थाको छात्रवृत्तिमा पढ्दै आएकी उनी ग्रेडिङ प्रणालीको प्रवेशिका सुरु भएपछि उत्कृष्ट नतिजा ल्याउने पहिलो विद्यार्थी हुन् । सानैदेखि मिहिनेत गर्दैआएकी उनीबाट विद्यालयका शिक्षक–शिक्षिकाहरू पनि प्रभावित थिए । ‘अञ्जलीले उत्कृष्ट नतिजा ल्याउँछिन् भन्ने थियो,’ प्रधानाध्यापक वसन्तकुमार कर्माचार्यले भने, ‘टप हुन्छिन् भन्ने लागेको थिएन । यो नतिजाले हाम्रो विद्यालयको मात्रै नभएर पर्वतकै शीर उँचो बनाएको छ ।’मोदी ६ गिज्यान घर भई कुश्मामा हजुरआमासँग बसेर पढेकी अञ्जलीले विद्यालयमा समेत गरी दैनिक १८ घण्टा पढ्ने गरेको बताइन् । ‘कुन विषयलाई कति समय दिने भनेर योजना बनाउँथें,’ उनले भनिन्, ‘बुवा अपांग भएकाले घरको काममा पनि सघाउनुपथ्र्यो । समस्याका बीच योजना बनाएरै पढेकी हुँ ।’

परीक्षामा उत्कृष्ट अंक ल्याउन उनले हस्तलेखन, कापीको साजसज्जा, पढाइमा ध्यान दिने, नयाँ कुरा नोटमा टिप्ने, अनुशासन, खानपान, सरसफाइ, पढाइमा रुटिन लगायतलाई ध्यान दिनुपर्ने बताइन् । परीक्षा राम्रो गरे पनि मुलुकका अन्य २४ जनाभित्र पर्छु भन्ने नलागेको उनले बताइन् । नतिजाअनुसार अञ्जलीसँगै मुलुकभरबाट ४ जीपीए ल्याउने २४ जना विद्यार्थी छन् ।बाबु देवेन्द्र सानैदेखि अपांग भएर नियमित स्याहार र उपचारको आवश्यकताले परिवारै कुश्मा झरेका थिए । उनी ‘क’ वर्गका अपांग हुन् । आमा तुलसी स्थानीय सांकेतिक भाषा विद्यालयमा सहयोगी छन् । अञ्जलीको तीक्ष्ण क्षमताको पहिचान गर्दै हजुरआमा द्रौपताले एन्सर नेपाल नामक संस्थाको सहयोगमा निजी विद्यालयमा पढाएकी थिइन् ।

पर्वतको कुश्मास्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरी । तस्बिर : अगन्धर तिवारी

अहिलेसम्म सबैतिरबाट पाएको सहयोगले हौसला मिलेको बताउने अञ्जलीको अब डाक्टरी पढ्ने धोको छ । ‘घरको अवस्था कुनै विषय पढ्न सक्ने छैन,’ उनले भनिन्, ‘अहिलेसम्म सहयोग गरेको संस्थाले थप सहयोग गर्ने आशा छ । इच्छा भए उपाय आउला नि । सानैदेखिको उद्देश्य मेडिकल लाइन हो । रिजल्टले थप बल दियो ।’अञ्जलीले परिवारदेखि विद्यालय सबैतिरको वातावरणअनुकूल भएकाले यो नतिजा ल्याउन सकेको बताइन् । अक्षरांकन पद्धतिमा सुरु भएको परीक्षामा सधैं उत्कृष्टभित्र पर्न सफल कालीगण्डकी एकेडेमीले यो वर्ष आफ्ना ३२ विद्यार्थी सहभागी भएकोमा २५ जना ‘ए प्लस’ र ७ जना ‘ए’ ग्रेडमा उत्तीर्ण भएको जनाएको छ ।

६ जनाले ल्याए ४ जीपीए पोखरा– मदरल्यान्ड माविका प्रयास पौडेलले यसपटकको एसईईमा ४ जीपीए ल्याएका छन् । ‘नतिजा सोचेजस्तै आएकाले खुसीको सीमा छैन,’ उनले भने ।सोही स्कुलका कृति बराल पनि ४ जीपीए ल्याएर उत्तीर्ण भइन् । ‘सबैका कुरा सुनेर आफ्नो बाटो आफैं हिंड्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘यसले आफूमात्र होइन, विद्यालय, अभिभावक, इष्टमित्र र आफन्तजनलाई पनि खुसी बनाउन सकिने रहेछ ।’पौडेल र बरालमात्र होइन, यहाँको मासबारस्थित मदरल्यान्ड माविका ५ विद्यार्थीले शनिबार प्रकाशित एसईई परीक्षाको नतिजामा ४ जीपीए ल्याएका छन् । झरना पौडेल, वर्षा बराल र रञ्जन यादव पनि यो नतिजामा सामेल छन् । ‘मिहिनेतअनुसारको फल पाउँदा खुसी लागिरहेको छ,’ झरनाले भनिन्, ‘घोटिएर पढ्नभन्दा पनि शिक्षकले देखाएको बाटोमा हिंड्यो भने सफलता पाइने रहेछ ।’ शिक्षाको गाइड, साथीको संगत, पारिवारिक वातावरण, आफूको मिहिनेतजस्ता कारणले सफल भइने उनले बताइन् । वर्षाले पनि अनुशासनमा रहेर शिक्षक, अभिभावक, साथीभाइको सही संगतले सफलता हासिल हुने बताइन् । ‘कति समय पढ्योभन्दा पनि पढेको बुझे, नबुझेको महत्त्वपूर्ण हुनेरहेछ,’ उनले भनिन्, ‘आफ्नो मिहिनेत, स्कुल र परिवारको सहयोगले यो परिणाम हात लागेको हो ।’

यस्तै पोखराकै फिस्टेल एकेडेमीका सुशान्त रानाभाटले पनि ४ जीपीए ल्याउन सफल भएका छन् । विद्यालय र पारिवारिक वातावरण नै सफलताको श्रेय रहेको उनले बताए । मदरल्यान्डका प्रिन्सिपल नारायण बरालले परीक्षाको नतिजाले विद्यालय परिवारमा खुसीको सीमा नरहेको बताए । ‘पूर्वाधार, शिक्षक, विद्यार्थीको निरन्तरको मिहिनेत, सिक्ने र सिकाउने वातावरण र विद्यार्थीलाई आवश्यक स्वतन्त्रता रहनेगरी पढाइमा स्वामित्व लिने हैसियतलगायत कारणले यो नतिजा आएको हो,’ उनले भने ।फिस्टेल एकेडेमीका प्रिन्सिपल चिनु रानाभाटले विद्यालयले बनाएको पढाइको रुटिनको फ्रेमवर्कभित्र रहेर विद्यार्थीले मिहिनेत गरेका कारण सफलता मिलेको बताए ।

५५ वर्षीय श्रेष्ठ पनि सफल स्याङजा– नातिनातिनाका उमेरका विद्यार्थीसँगै पढेर एसईई दिएका ५५ वर्षीय पदमकुमार श्रेष्ठ उत्तीर्ण भएका छन् । कालिका मावि झापाकोटमा पढेका उनले मातृभूमि मावि केन्द्रबाट परीक्षा दिएका थिए ।शनिबार प्रकाशित नतिजाअनुसार उनी ‘बी ग्रेड’ (२.२५) ल्याएर उत्तीर्ण भएका हुन् । उनले वर्षौंसम्म गरेको दु:खको फल प्राप्त भएको बताए । भीरकोट नगरपालिका १ घर भएका श्रेष्ठ पेसाले होटल व्यवसायी हुन् । धोको भए पनि बाल्यकालमा पढ्न नपाएका उनले नियमित विद्यालय गएर अध्ययन गरेका थिए ।‘बुढेसकालमा भए पनि पढ्ने रहर मेटाइयो,’ उनले भने, ‘व्यवसाय गरेर दिन काटेकै छु । छोराछोरीले पनि आफ्नो सुर गरेका छन् । पढ्ने र एसएलसी दिने सानैको इच्छा बल्ल पूरा भयो ।’ अब क्याम्पस पढ्ने योजना उनले सुनाए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger