Latest Updates :

आमाको कुटाइले बालिकाको मृत्यु छोरीले ब्रस नगरेका कारण रुष्ट

SHARE THIS POST :
अमेरिकामा आमाको कुटाइले चार वर्षीया बालिकाको मृत्यु भएको छ । मेरिल्याण्डकी गेथर्सबर्गकी आइरिस हर्नानदेज रिवाज (२०) छोरीले ब्रस नगरेकोमा रुष्ट थिइन् ।


रिसमा उनले पहिले छोरी नोहलेलाई पेटीले हानिन् र जमिनमा पछारिने गरि लात्ताले हानिन् । कुटाइका कारण अर्धचेत भएकी उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो ।


छोरी अर्धचेत भएको खबर आइरिसले पुलिसलाई दिएकी थिइन् । उनले छोरी नुहाउनका लागि पहिले बाथरुममा छिरेको र त्यसको १५ मिनेटपछि बाथटबबाट खसेको बताइन् । त्यसको एक घण्टापछि उनले इमर्जेन्सी सर्भिसका लागि ९११ मा फोन गरिन् त्यसपछि छोरीलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो ।


डाक्टरका अनुसार नोहलेको शरिररमा थुप्रै घाउ र टाउको पनि चोटको गहिरो निशाना थियो । उनलाई वासिङ्टन डिसीको चिल्ड्रेन नेशनल मेडिकल सेन्टरमा पुर्याइयो जहाँ उनको मृत्यु भयो ।


आमाले स्विकारिन् अपराधः


– पुलिसका अनुसार आइरिसले पहिले छोरीलाई कुटेको कुरा लुकाइन् । तर कडा सोधपुछपछि छोरीले ब्रस गर्न अस्किार गरेपछि उनले नोहलेको पेटमा लात्ताले हानेको स्विकारिन् ।


– मिडिया रिपोर्टका अनुसार लात्ता हानेपछि छोरीको टाउको ढोकामा ठोक्किएका कारण उनी भुँइमा पछारिएकी हुन् ।


– आइरिसले पुलिसलाई बताए अनुसार लात्तामा हानुभन्दा पहिले उनले छोरीलाई पेटीले पनि हानेको र उनको शरिरमा त्यसैको निशाना हो ।


– पुलिसले आमाविरुद्ध ‘फर्स्ट डिग्रीको चाइल्ड एब्युज’ र ‘असल्ट’को मुद्दा दर्ता गरेको छ ।
आमाको पिटाईले ४ वर्षीयाको मृत्यु, छोरीले ब्रस नगरेका कारण रुष्ट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger