Rest_in_peace झापा बुधबारेको वाल्मीकि स्कुलमा अध्यनरत बहिनी सलिना ढकालले SEE परिक्षामा 2.80 जिपिए आएपछि बिख सेवन गरि मृत्युवरण गरेकी छिन्😭बहिनी सलिना प्रति हार्दिक श्रद्धाञ्जली छ। साभार: झापा वुलेटिन / फेसबुक संजाल।
नतिजा हो जे पनि हुन सक्छ ।तर येसरी बिख सेवन गरि आत्माहत्या गर्नु हुदैन। आमाबाबुले दुख गरेर जन्माइ हुर्काइ गरेको के अर्थ भयो?? आज यो दिन देख्नलाइ ?
कृपया सबैलाइ सचेत गराउन यो पोस्ट्लाइ सक्दो शेयर गरौ । आत्माहत्या समाधान हैन । say no to suicide ।
………………..
यो पनि पढ्नुस
मिडियामा अहिले चर्चाको बिसय हुन रबि लामिछाने । उनलाइ जेल हाल्ने कुरा आएपछी उनी एकाएक रास्टृय बिसय बनेका छन ।
सबै जनता उनको पक्षमा त छन , तर येहानेर एउटा प्रश्न उठ्छ । रबि ठूलो कि नेपालको कानुन ठूलो??
आमा बेच्दा कहाँ थियो रबिको रास्ट्रप्रेम ?
मलाई पैसा चाहिएको थियो । मलाई जागिर चाहिएको थियो । मैले सम्पत्ति कमाउनु परेको थियो । मसँग अरु केही उपाय भएन । अनि मैले मेरी आमालाई बन्धकी राखेर अर्की आमा खोज्नुपऱ्यो । र यसको कारण थियो ‘आवश्यकता र समयको बाध्यता’।
पाठकबृन्द, यो कुनै कथाको अंश होइन । बरु नेपालीमाझ निकै चर्चामा रहेका अमेरिकी नागरिक रवि लामिछानेको भनाई हो । उनले ठयाक्कै यो शब्द त भनेनन् तर उनले आफूले बाध्यतावश अमेरिकी पासपोर्ट लिनुपरेको बताए । अमेरिकी पासपोर्ट लिन नेपालको नागरिकता त्याग्नु पर्ने हुन्छ किनभने नेपाली कानुनले दोहोरो नागरिकताको अनुमति दिंदैन ।
नेपालको नागरिकता त्याग्नु भनेको नेपाल आमाको माया मार्नु हो । अर्थात् बन्धकी राख्नु हो । त्यसो भए प्रश्न छ, अमेरिकी नागरिक लामिछानेलाई– के बाध्यता छ भन्दैमा आफनी आमालाई परित्याग गर्न मिल्छ रु कतिपयले लामिछानेलाई देवत्वकरणको शैलीमा उचालेका छन । यो भए लामिछाने, त्यो भए लामिछाने भएको छ ।
एक किसिमले नेपालमा अहिले एउटा ठुलो जमात रहेको छ जसले देशका सबै समस्याहरूको समाधान रवि लामिछाने कहाँ देख्छ । तर देश, देशको अस्मिता, देशको इज्जत, देशको स्वाभिमानका अगाडि एकजना व्यक्तिको मूल्य हुँदैन र हुनुहुँदैन पनि ।
हेक्का राख्नु पर्ने कुरा के हो भने नगरिकता र पासपोर्ट भन्ने कुरा सोझै सार्वभौमसत्तासँग जोडिएका विषय हुन । यी कागजका खोष्टा मात्रै होइनन् । त्यो अर्थमा रवि लामिछानेले पछिल्लो दिनमा जे जस्तो कार्यक्रम चलाएपनि उनी अमेरिकी नागरिक भएको अवस्थामा उनको मुख्य स्वार्थ अमेरिकी राज्य र सरकारको स्वार्थ पुरा गर्नु नै हुन्छ ।
त्यसो नहुने स्थितिमा उनी राज्यद्रोही हुन्छन् । हरेक देशका प्रत्येक नागरिकको पहिलो कर्तव्य भनेकै देशको हितमा काम गर्नु रहेको हुन्छ । त्यसरी हेर्दा रवि लामिछानेका गतिविधिहरु अमेरिकी स्वार्थ पुरा गर्न नै रहेकोमा दुई मत हुन सक्दैन । त्यसो भए प्रश्न उठ्छ– के त्यसो भए रवि लामिछाने बाहिर एउटा छवि बनाएर कतै भित्रभित्रै अमेरिकी स्वार्थमा काम त गरिरहेका छैनन् ?
विकिपिडियामा रविको जन्म सेप्टेम्बर १९७४ मा भक्तपुरमा भएको उल्लेख गरिएको छ । उनी अमेरिकी नागरिक हुन । उनी १५ वर्ष अगाडि नेपाल छाडेर अमेरिका गएका हुन् । त्यस अघि उनले नेपाल टेलिभिजनमा ‘यहाँको चलन’ नामको हास्य कार्यक्रम चलाउने गर्दथे, जुन ‘स्ट्यान्डअप कमेडी’को फर्म्याटमा रहेको थियो ।
उनको बारेमा इन्टरनेटमा उपलब्ध सीमित जानकारी अनुसार अमेरिकामा व्यापारमा सफल हुन नसकेपछि र पारिवारिक समस्या आएपछि उनी नेपाल फर्किएका थिए ।
२०१३ एप्रिलमा न्युज-२४ टिभी च्यानलमा लगातार ७२ घण्टा ‘टक सो’ चलाएर रवि लामिछानेले ‘गिनिज बुक अफ वर्ड रेकर्ड’ मा नाम लेखाएका थिए । यसबाट उनलाई थप चर्चा त मिलेन तर टेलिभिजनको रुपमा एउटा बलियो मंच भने मिल्यो । न्युज २४ च्यानलमा ‘जनतासँग सीधा कुरा’ कार्यक्रम चलाउन थालेपछि भने उनी एकाएक चर्चाको शिखरमा पुगे ।
प्रस्तुतिको भिन्न शैली र जनसरोकारको मुद्दामा उनले गर्ने गरेका स्टन्ट पाराका कामहरूले रविलाई सोझा नेपालीहरूले ‘नयाँ भगवान’काे दर्जा दिएका छन् ।
नागरिकताकाे सवाल
अध्यागमन विभागमा उनले बुझाएको विवरण अनुसार, उनको पासपोर्ट नम्बर ५१२९६६९८१ हो र उनको देशको नाम संयुक्त राज्य अमेरिका हो । नेपालको विद्यमान कानुन अनुसार, कुनै अर्काे देशकाे नागरिकता राखुन्जेल रवि नेपाली नागरिक भइराख्न सक्दैनन् ।
हो, उनले नेपाललाई माया गर्न सक्छन्, योगदान गर्न सक्छन् र तोकेका क्षेत्रमा कानुन अनुसारको काम समेत गर्न सक्छन् । तर, यसका लागि उनले प्रचलित कानुनको दायरामा बस्नु पर्छ ।
के हो रविको समस्या ?
रवि कानुनी रूपमा अमेरिकी नागरिक हुन् । उनले नेपाली नागरिकता त्याग गरेर नै विधिवत रूपमा अमेरिकी नागरिकता प्राप्त गरेका हुन् । नेपालको विद्यमान कानुन अनुसार उनले नेपाल आउँ प्रवेशाज्ञा अर्थात् भिसा लिनु पर्ने हुन्छ ।
अध्यागमन विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा उनलाई अध्यागमन नियमावली, २०५१ को दफा २० को उपदफा १ अनुसार पर्यटक र नातेदारको हैसियतले भिसा प्रदान गरिएको जनाएको छ जसको म्याद ४ अक्टोबर २०१८ मा सकिंदैछ ।
उक्त नियमावलीको दफा २० कै उपदफा २ मा यसरी प्रवेशाज्ञा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देशले भिसा प्राप्त गरेको हो त्यो बाहेक अन्य काम गर्न नपाइने उल्लेख छ ।
त्यस्तै उक्त नियमावलीमै पर्यटक भिसा लिई आउने कुनै पनि विदेशी नागरिकले नेपालभित्र पारिश्रमिक लिएर अथवा नलिएर कुनै पनि उद्योग—धन्दा, व्यापार, व्यवसाय गर्न नपाइने उल्लेख छ । नेपाली कानुन अनुसार, अवैध कामदार हुन् र यसरी कानुनी राज्यको मान्यतालाई अंगीकार गर्ने हो भने उनलाई सजाय हुन सक्छ ।
यस्तै नेपालको संचार क्षेत्रमा पनि श्रम स्वीकृति लिएर समेत कुनै पनि विदेशी नागरिकले कम गर्न नपाउने प्रावधान छ । यसरी हेर्दा रविले गरेको काम लोकप्रिय भएपनि कानुनसम्मत छैन । उनी नेपाली कानुन अनुसार, अवैध कामदार हुन र यसरी कानुनी राज्यको मान्यतालाई अंगीकार गर्ने हो भने उनलाई सजाय हुन सक्छ ।
रविले हालै आफूले अमेरिकी पासपोर्ट त्याग गरेको बताएका छन् । तर हेक्का राख्नु पर्ने कुरा के छ भने पासपोर्ट त्याग गर्नु र नागरिकता त्याग गर्नु फरक कुरा हुन् । त्यस्तै यसको एउटा नियमित प्रक्रिया हुन्छ ।
कानुनतह, यसरी पहिले नेपाली नागरिक रहेको व्यक्तिले नागरिकता त्यागेर विदेशी नागरिक बनेको खण्डमा पनि पुनः नेपाली नागरिक बन्न सक्ने प्रावधान रहेको छ तर, यसका लागि उनले सम्बन्धित देशको नागरिकता त्याग गरेको निस्सा भने प्रस्तुत गर्नुपर्ने हुन्छ ।
यस अवस्थामा समेत रविमाथि छाएको कानुनी संकटको समाधान तत्काल देखिन्न । उनी गैरकानुनी रूपमा काम गरिरहँदा नेपाली नागरिक थिएनन् र उनले विदेशी नागरिकता त्यागेको निस्सा समेत प्रस्तुत गरेको अझै पाइएको छैन ।
रविको कार्यक्रम प्रस्तुत गर्ने शैलीले उनलाई आकस्मिक स्टारडम, ठुलो फ्यान फलोइंग दिएको छ । सामाजिक संजालमा ‘रवि लामिछानेका लागि ज्यान दिन तयार छौँ’ भन्नेहरूको समेत कमी छैन । तर, जेसुकै होस् लोकप्रियता कानुन तोड्ने लाइसेन्स बन्नुहुन्न । र यो रवि लामिछानेको हकमा समेत लागू हुन्छ ।
राजनीतिक आवरणका पत्रकारहरुले रबिको ढाड जतिबेला पनि भाँच्नु सक्छ न्बाध्यतावश अवसर र रोजगारीको लागि विदेशिएको एउटा नेपाली म विदेशको सवै सेवा सुविधा र पहिचान त्यागेर फर्केर नेपाल आए नेपाली भएर बाँच्नु देउ भन्दा उसको बिरुद्द आजदेखि खुलेयाम राजनीतिक पत्रकारहरु न्वारन देखिको बल लगाएर लागेका छन्।
मानौ ६०/७० लाख मध्येको एउटा नेपाली विदेशवाट फर्किदा लुटको स्वर्ग नै भत्काई दियो।लेखक/ चिन्तक : पदमसिंह ठगुन्ना ( हाल जापान ) ६४ ठाँउमा सिमाना छिमेकीले मिच्दा हजारौं हेक्टर जमिन आफ्नो सिमानामा पर्दा आमा बलात्कार भईन की भईनन्।
आमाको बलात्कार रमिता हेर्ने तिमिहरुको राष्ट्रवाद र देशभक्तिमा सुकेनाश लागेको थियो की थिएन। महाकाली, कोशी, गन्डकी, लगायत नदिहरु आमाका दशधारा बेचेर सहीछाप गर्दा तिमिहरु बलात्कारको साक्षी बस्ने र हस्ताक्षर गर्ने तिम्रो राष्ट्रवाद कुन घाममा सुकेको थियो।
नेपाली जनता सुतेर बिहान उठदा विदेशी भईरहेका छन् यती वेला कथित राष्ट्रवाद कता विलाउछ। आज जग्गाको लालपुर्जा लिएर सुत्दा भोली विहान विदेशी लालपुर्जा बनिरहेको छ। यो कुन राष्ट्रवाद हो। सिमानामा नेपाली नागरिक कुटपिट, हिंशा र बलात्कार तथा मृत्यु हुन बाध्य भईरहेका छन् कथित ढोगी पत्रकारहरुले किन उठाउदैनन्। यतिवेला राज्य बलात्कार भईरहेको हुन्छ की हुदैन।
यो आमाको चित्कार हो की हैन्। यो देशप्रेम हो की होईन।काठमाडौंमा वसेर राज्यलाई विदेशीको क्रिडास्थल बनाएर राज्य ब्रम्हलुट मचाउने जो कोही सुकिला मुकिला दलाल, तस्कर, कालो धनका खेलाडीहरु, बैंक टाट पल्टाउने, राज्यको वितरण प्रणालीलाई मुठ्ठीभरको कब्जामा राखेर राष्ट्रवादको कुरा गर्ने हैसियत पाखण्डहरुलाई कदापी छैन्। कसैले पनि राज्यको केन्द्रमा तथा सत्ताभोग गर्नु र मनपरी गर्नु पाउनु कदापी नेपालीका भलो हुन सक्दैन् भने देशप्रेम पनि हुन सक्दैन।
अयोग्यहरुले वाहिरी पत्रकारको आवरणमा भित्री राज्यका सुचना चुहावट गर्ने, हप्ता उठाउने, विदेशीको एजेन्टको काम गर्ने, विभिन्न नियोगहरुवाट मासिक थप्ने, राजनीतिक आवरणमा पत्रकारीताको धर्म विपरीत शक्तिको आडमा कथित पत्रकारीता गर्ने प्रवृतिले गर्दा अहिले आएर कानून धज्जी उडाउने र पत्रकारीताको दुरुपयोग गरेको छर्लंग देखिन्छ।विदेशी दुतावाशले कल गरेको भरमा प्रहरी र कर्मचारी सरुवा बढुवा गर्नेहरु राष्ट्रवादको कुरा पढाउछन्।
अर्काको माईक्रो मेनेजमेन्टमा हल्लिने र देश चलाईरहनेहरु कथित राष्ट्रवाद र देशभक्तिको गाथा सिकाउनु पर्दैन बरु कानूनको शासन लगाउ नकि शक्तिको शासन । कुनै अमुक पात्रको मामला हैन अमुक पात्रको प्रवृति नियमन गर्दा उदांगिएका रुपहरुको महत्व र असर भारी छ। यदि राज्य चलाउनेहरु देश छातिमा राखेर काम गर्ने गरेका भए र राज्यका अवयव संस्थाहरु बलिया भएको भए यो न समस्या हो न यति चर्चाको विषय हो।
एकातिर प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिने, मताधिकार दिने, जन्मजात एक दिनको नेपाली सधैको नेपाली, नयाँ पुरानो नेपाली हुदैन भन्ने अर्कोतिर प्रवासी नेपाली ज्ञान, सीप, लगानी, प्रविधी र विकास र समृद्दिको मेरुदण्ड हो भन्ने व्यवहारमा विदेशका सवै सेवा सुविधा त्यागेर आमाकै काखमा फर्केको नेपाली जुन कागजी प्रकृयामा छ जबरजस्त विदेशी बिल्ला भिराएर आत्महत्या गर्नु बाध्य पार्दैछन्। सस्तो लोकप्रियता र सार्वजनिक खपतको लागि राज्यको धज्जी उडाउनु हुदैन।
म व्यक्तिगत रुपमा राज्यको नतमस्तक नागरिक हु। कुनै अमुक व्यक्तिको समर्थक त हुनै सक्दिन। त्योपनि राम्रो कामको उत्पादित सन्देशको समर्थक हुनसक्छु। राज्यको कानून प्रत्येक नागरिकले पालना गर्नु कर्तव्य हो भने पालना नगर्ने कानून वमोजिम सजायको भागिदार हुन्छ।
तर कुनै वेला राज्यको कानून छायामा वा मुठठीमा राखेर अमुक पात्र ठीक भए भने जब अमुक पात्रको स्वार्थ, व्यवहार, र कार्यशैली मिलेन कानूनको फेर समातेर तब उसले चुनौती दिन सक्ने क्षमताको विकास गरेको वा गलत सिकाएको बुझ पचाए। यहीनेर कमजोरी भयो। कुनै वेलाको औषधी कुनै वेला विष सावित हुने रहेछ यदि कानूनी शासन नभएर शक्तिको शासन भयो भने।
satyasamachar.com बाट साभार गरिएको
Post a Comment