विश्वकपबारे टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै गर्दा ब्राजिलकी एक पत्रकार चुम्बनको शिकार भएकी छन्। आइतबार जापान र सेनेगलको खेल चलिरहेको बेलामा उनी प्रत्यक्ष प्रसारणमा बोलिरहेकी थिइन्। टीभी ग्लोबो र स्पोर्टटीभीमाकाम गर्ने जुलिया गिमारइसलाई एक अपरिचित व्यक्तिले चुम्बन गर्न लाग्दा प्रतिकार गरेकी थिइन्। त्यस्तो प्रयासबाट आफूलाई जोगाउँदै गिमारइसले ती व्यक्तिलाई गाली गरेकी थिइन्। उनले भनिन् ‘यस्तो नगर १ यस्तो फेरि कहिल्यै पनि नगर। ओके १ु भनेर उनी चिच्याएपछि ती व्यक्तिले क्षमायाचना गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। त्यसपछि पनि उनले ‘म तपाईँलाई त्यस्तो गर्ने अनुमति दिन्नँ। यो शिष्ट छैन, यो उचित छैन। एउटी महिलासँग कहिल्यै यस्तो नगर्नुहोस्। सम्मान गर्नुहोस्’ भन्दै त्यो गतिविधिको प्रतिकार गरिन्। यसअघि मस्कोमा रुस र इजिप्टको खेल हुँदा पनि आफूसँग दुर्वयवहार भएको उनले बताएकी छन्। गत हप्ता मस्कोमा पनि एक कोलम्बियाली पत्रकारसँग दुर्व्यवहार भएको थियो। टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै गर्दा एक अपरिचित व्यक्तिले उनको छाती समाइदिएका थिए।
प्रत्यक्ष प्रसारण गर्दै गर्दा पत्रकारलाई चुम्बन गरे पछि (मिडियो सहित)

Labels:
news
Post a Comment