Latest Updates :

भर्खरै पोखरा बाट आयो अर्को ठुलो दुखको खबर यस्तो डरलाग्दो घटना हेर्नुहोस

SHARE THIS POST :

श्रीमतीलाई अलबिदा लेखेर हाकिम बेपत्ता, सेतीमा हाम्फालेको आशंका (भिडियो रिपोर्ट)पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको हप्तादिनपछि उनले परिवारको नाममा लेखेको अन्तिम पत्र सार्वजनिक भएको छ । महानरपालिकाले जिल्ला प्रहरीको रोहबरमा पत्र सार्वजनिक गरेको थियो ।पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए । उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।पत्रमा लेखिएको छ ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो

जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’पत्रसँगै पौडेलले आफ्नो मोबाइल, सिक्री र औंठी छाडेका छन् । पौडेलले लेखेको उक्त पत्र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानामगरले पढेर सुनाएका थिए । पौडेलको स्थिति पत्ता लगाउन प्रहरीलगायत सम्पूर्ण संयन्त्र क्रियाशील रहेको जनाउँदै उनले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाए ।कास्की प्रहरीले पौडेलको खोजी सेती नदी र त्यसको आसपासमा केन्द्रित गरेको छ । पोखराको महेन्द्रपुलबाट एक जना व्यक्ति सेती नदीमा हामफालेको प्रत्यक्षदर्शीले बताएको र घट्नाको प्रकृति र पौडेलले घरमा लेखेर छाडेको नोटका आधारमा सेतीमा हामफालेको आशंकामा सेती नदी वरपर प्रहरीले खोजी केन्द्रित गरेको हो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger