Latest Updates :

जापानमा भारी वर्षा, करिब १०० को मृत्यु, ५० बढी वेपत्ता

SHARE THIS POST :


२५ असार, काठमाडौं । जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् ।

जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ ।



जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको पि्रफेक्चरमा भएको छ ।

सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्, ‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’

गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।

हिरोसिमाभन्दा तीन सय किलोमिटर टाढा पर्ने क्योटो शहरमा पनि मुसलधारे वर्षा भइरहेको छ ।

जापानको मौसम विभागका अधिकारीले बीबीसीसँग भनेका छन्, ‘हामीले यस्तो खालको वर्षा अहिलेसम्म थाहा पाएका थिएनौं ।’ अधिकारीहरुका अनुसार अझै केही दिनसम्म वर्षा जारी रहने सम्भावना छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger