Latest Updates :

भर्खरै काठमाडौंमा । घट्यो अर्को डरलाग्दो घटना यो हेर्नुहोस)

SHARE THIS POST :

टेन्सन भयो भन्दै रक्सी पिउँदा यो हालतशनिबार साथीलाई भेट्न कोटेश्वर जानुपर्ने भएकाले नयाँ बसपार्कबाट बस चढें । बसको झ्यालतिर बसेर सडकमा गुडेका गाडीलाई नियाल्ने मेरो बानी छ । शनिबार बस चढेपछि पनि झ्यालतिरै बसेर बाहिर नियाल्दै थिएँ ।बस बसुन्धारा चोक नजिकै तिलिंगेटारमा रोकियो । त्यहीबेला मेरो आँखा एउटा दृश्यमा अडियो । ३०/३५ वर्षका एकजना मान्छे सडक छेउमा लमतन्न पल्टिएका थिए । उनको साथमा साना छोराछोरी पनि थिए । उनीहरु पनि बाबुसँगै सडक छेउमा निदाएका थिए ।

सानो छोरालाई पल्टिरहेका बाबुको खुट्टाले अँठ्याएको थियो । सानी छोरी बाबुकै हात समातेर निदाइरहेकी थिइन् । म एकोहोरो त्यो दृश्य हेर्दै थिएँ, बस गुड्न थाल्यो । तर मलाई भने त्यो दृश्यले तानिरह्यो । मलाई अगाडि बढ्न मन लागेन ।बस रोक्न भनें र ओर्लिएँ । अनि त्यो दृश्य भएतिर लागें ।जिकै महानगरीय प्रहरी प्रभाग, बसुन्धराको कार्यालय छ । सडकमा लडेका मान्छेको शरीरबाट रक्सीको गन्ध आइरहेको छ । गाडीको हर्न र सडक छेउमा हिँड्ने बटुवाको चहलपहलले पनि उनको निद्रा खुलेको छैन ।

वरपर मान्छेको भिड बढ्दै गयो । प्रहरीको टोली पनि आइपुग्यो । रक्सीले मातेका बाबुसँगै पल्टिरहेकी सानी नानी बिउँझिइन् । आँखाभरी आँसु पार्दै उनले एकै शब्दमा पुकारिन् ‘आमा !’बालिकाले सबैतिर आँसु भरिएका आँखाले हेरिन् । तीन वर्षकी ती बालिकालाई मैले सोधें, ‘सुतिरहेको मान्छे को हो ?’ उनले रुँदै भनिन्, ‘मेरा बाबा ।’ अनि बावुले खुट्टाले अँठ्याएर राखेको चाहिँ आफ्नो भाइ भएको बताइन् ।प्रहरीले बालकलाई काखमा लिए । अनि रक्सीले बेहोस भएर सडकमा पल्टिरहेका बावुको टाउकोमा पानी खन्याइदिए । त्यसपछि बल्ल उनको होस आयो । तर उनी राम्ररी बोल्न पनि सक्दैनथिए ।

उनले लर्बराएको स्वरमा प्रहरीलाई आफ्नो छोरा दिनुस् भने, तर प्रहरीले मानेन । आफै होसमा नभएको मान्छेले सानो छोरालाई समातेर लडाउनसक्छ भनेर त्यहाँ जम्मा भएका मान्छेले बच्चा उनलाई नदिन भने ।त्यहाँ हेर्न आएका कसैले बालबालिकालाई बिस्कुट र फ्रुटी किनेर दिए । खानेकुरा खाएपछि उनीहरुको आँखा ओभानो भयो । रक्सीले होस गुमाएका उनीहरुका बावुलाई पनि रक्सीको नशाले छोड्दै गयो ।होसमा आएपछि उनले आफ्नो घर कालिकोट भएको र भक्तपुर बालकोटमा बस्दै आएको बताए । उनले आफ्नो नाम नवराज सिंह भएको र घर बनाउने ज्यामी काम गर्ने गरेको बताउँदै थपे ‘टेन्सन भयो, अनि रक्सी खाएँ ।’उनकाअनुसार तीन दिनअघि माइलो छोराले झुक्किएर उपियाँ मार्ने विष पिए । कान्ति बाल अस्पतालमा भर्ना भएका उनको आज डिस्चार्ज गर्नुपर्ने रहेछ । बिहानै श्रीमतीसँग सामान्य कुरामा भनाभन भएपछि रीसको झोेंकमा उनी माइलो छोरालाई लिएर घर गइन् । श्रीमती

रिसाएर हिँडेपछि आफू पनि काखे छोरा र छोरी लिएर घरै जान हिँडेको, तर टेन्सन भएपछि रक्सी पिएको उनले बताए ।‘छोरीले मोबाइल पनि ट्वाइलेटमा खसालेर बिगारी, श्रीमतीलाई कसरी फोन गर्ने होला’ उनले हात जोड्दै भने ‘गल्ती भइहाल्यो दाइ, अबदेखि यस्तो कहिल्यै गर्दैन । मलाई बालकोटको गाडीमा चढाइदिनुस्, म गइहाल्छु ।’एकछिन त प्रहरीले मानेन । तर त्यहाँ भएका सबैले रक्सीले छोडेकाले अब पठाइदिए हुन्छ भने । त्यसपछि प्रहरीको सहमतिमा त्यहाँ पुगेका स्थानीय रबि जोशीले गाडीको भाडा बसको सहचालकलाई दिएर बालकोट झारिदिनु भनेर पठाए । जानेबेला सानी नानीले सबैलाई धन्यवादका नजरले हेर्दै थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger