यो मृत शरीर क्याथरीन लेबोर (Catherine Laboure)को हो । जसको सन १८७६ मा ७० वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि उनको शरीरलाई प्रीजर्व गरेर राखिएको छ । करीब ५६ वर्षपछि १९३३ मा उनको शरीरलाई बाहिर निकालिएको थियो र उनको शरीर जस्ताको तस्तै थियो ।
यसरी शरीरमा कुनै परिवर्तन नभइ जस्ताको तस्तै देख्दा सबै चकित भएका थिए । त्यसपछि मृत शरीरलाई शिशाको ग्लासमा राखेर एक चर्चभित्र राखिएको थियो । जसलाई हेर्नको लागि मानिसहरुको भिड लागिरहन्छ । एक रिपोर्टका अनुसार क्याथरिन जब ९ वर्षकी थिइन, उनको आमाको मृत्यु भएको थियो । अनि जब उनको अन्तिम संस्कार भईरहेको थियो तब क्याथरिनले ईसा मसिहको आमाको प्रतिमामा अँगालो मारेर भनेकी थिइन, ‘आजदेखि तिमी नै मेरो आमा हो’ । त्यही साँझ जब उनी चर्चमा बसेकी थिइन तब उनले एक बच्चाको आवाज सुनिन् । त्यसपछि उनले वर्जिन मेरीको काखमा रहेको बच्चाको हातमा छोइन्, ईसा मसीहको आमाले उनीसँग कुरा पनि गरेकी थिइन ।
त्यसपछि उनको शरीरमा एक किसिमको तागत आयो र उनलाई थाहा भयो कि भगवानले उनलाई मानिसहरुको सेवा गर्न पठाएका रहेछन भनेर । क्याथरिनको जिन्दगी यहीबाट परिवर्तन भएको थियो । जसको कारण उनले गरीब, दुखी, कमजोर व्यक्तिको सेवा गर्ने फैसला गरिन । आफ्नो जीवनभर उनले विभिन्न ठाउँमा गएर उत्थान केन्द्र खोलेर सेवा गर्न थालिन ।
Post a Comment