Latest Updates :

बिहानै दाङ बाट आयो अर्को ठुलो दुखको खबर

SHARE THIS POST :

दाङबाट बिरामी बोकेर हिँडेको गाडी नालामा खस्योअसार २४, दाङ । दाङबाट बिरामी बोकेर गएको गाडी नेपालगञ्जमा दुर्घटनामा परेको छ ।बा १२ च ३१५० नम्बरको गाडी सुर्खेत रोडबाट तल नालामा खसेको हो । आइतवार बिहान तीन बजे पिप्रहवा अगाडिको नालामा गाडी खसेको थियो ।शिव योगीले चलाएको गाडीमा आफन्ती बिरामीसहित चार जना सवार थिए । तीब्रगतिमा रहेको गाडी अगाडि रहेको गाईलाई बचाउदा नालामा खसेको थियो । दुर्घटनामा चारै जना घाइते भएका छन् ।उनीहरु सबैको नेपालगञ्जमा उपचार भइरहेको छ । नालामा खसेको गाडीलाई जेसिभीले तानिएको छ ।

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ । कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ?१. समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।

२. त्यसैगरी जुन स्त्रीको नाभी गहिरो हुन्छ त्यस्ता महिला भावुक हुन्छन् । यस्ता महिलाहरु रुन र हाँस्न बेर लगाउँदैनन् र यिनीहरुको मन सफा हुन्छ । यिनीहरु सुन्दर पनि हुन्छन् तर स्वास्थ्यमा भने समस्या हुन्छ । जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।

४. समुन्द्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी गोलो हुन्छ ती गुणवान हुन्छिन् । सामान्य तया यिनीहरुको स्वास्थ्य राम्रो हुन्छ र बुद्धीमान पनि हुन्छन् । यिनीहरुको स्वभाव दयालु हुन्छ । यसका कारण परिवार र समाजमा सम्मानित पनि हुन्छन्।५ .जुन स्त्रीको नाभी समतल हुन्छ त्यस्ता स्त्रीहरुसँग भने सचेत हुनु पर्छ । यिनीहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता स्त्रीले दुःख दिन आइतबार कुर्दैनन् ।६. समान्यतया नाभी केन्द्र भागमा हुन्छ तर जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ यस्ता स्त्री उर्जावान र उत्साही हुन्छन् । यिनीहरु आफ्नो क्षेत्रमा सफल हुन्छन् । यिनीहरुलाई खेल क्षेत्रमा बढी सफलता मिल्छ ।७. समुन्द्र शास्त्रका अनुसार जुन महिलाको नाभी अलिकति बाहिर निस्किएको हुन्छ उनीहरुलाई सन्तान जन्माउन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।

नाइटो छेड्ने हिमानी, ट्याटु खोप्ने ‘हिरोनी’

पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले ८ वर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको ऐतिहासिक तस्बिर कैद गर्यो । दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अबरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए । मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो । तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको पनि कैद भयो । सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा हुँदाहुँदै पनि कतिपयले यसलाई ‘निजी इच्छा’ भनेर प्रतिक्रिया दिए ।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चा-परिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह रिसाएका थिए । त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले कुनै प्रतिक्रिया जनाइन् । खासगरी राजपरिवारमा विवादित विषयमा मिडियामा बोल्ने चलन नरहेका कारणले पनि हिमानीको प्रतिक्रिया नआएको हो ।८ वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । जबकी, सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो । सायद, हटाएको हुनुपर्छ ।भीआइपीका पिर्यसिङ देखिँदा आम जनमानसमा फरक धारणा पैदा हुन्छ । भीआइपी सरल, स्वभाविक र विचरण गर्ने क्षमताका हुन्छन् भन्ने धारणा परिवर्तन यस्ता दृश्यहरूले गर्छन् ।

नाइटोको पिर्यसिङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पिर्यसिङलाई साधारण रूपमा लिन थालिएको छ । तर, नेपाली हिरोइनहरूमा बढेको स्तनमा ट्याटु खोपाएर भाइरल बनाउने विषयको भने चर्चा हुन थालेको छ । कतिपयले त ढाडमा, तिघ्रामा, हातमा पनि ट्याटु खोपाएका छन् ।नयाँ शक्ति नेपालकी नेत्री तथा अभिनेत्री करिश्मा मानन्धरले स्तनमा ट्याटु खोपाएकी छन् । प्रायः क्लिभेज देखिने हुँदा उनको ट्याटु प्रष्ट देखिन्छ । विभिन्न पार्टी र कार्यक्रमतिर पुग्दा उनी हल्का ट्याटु देखिने पहिरन लगाएर पुग्छिन् । लालीगुराँसको चित्र उनको स्तनमा खोपिएको छ ।

गएको १ अप्रिलमा प्रधानमन्त्री केपी शर्मा ओलीले लञ्चमा बोलाउँदा बालुवाटारमा ट्याटु देखाएर पुगेकी थिइन्, उनी । त्यसबेला भने ट्याटुको चर्चा चुलियो ।आधुनिक पुस्ताकी चलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले स्तनको तल्लो भागमा खोपाएको ट्याटुको कम चर्चा भएन । ट्याटु बनाउनेले नै उक्त तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो । साम्राज्ञीले यस विषयमा प्रष्टीकरण समेत दिएकी थिइन् ।अभिनेत्री सुष्मा कार्कीले पनि छातीमा ट्याटु खोपाएकी छन् । सुष्माले शान्तिको पिस, स्टार र गुलाबको फूललाई ट्याटुमा अंकित गरेकी छन् । पुरूषहरूको पहिलो नजर केटीहरूको छातीमा जाने भएकाले आफूले छातीमै ट्याटु बनाएको उनले बताउँदै आइरहेकी छन् । उनी छातीमा खोपिएको ट्याटु घरि–घरि देखाइरहन अप्ठेरो मान्दिनन् ।

अभिनेत्री शुभेच्छा थापाले पनि छातीमा नेपालको झण्डाको ट्याटु खोपेकी छन् । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छन् । आफूलाई सेक्सी देखाउनका लागि उनले ट्याटु खोपाएको बताइन्छ ।अभिनेता भुवन केसीसँग बस्दै आएकी अभिनेत्री जिया केसीले पनि स्तनमा ट्याटु खोपाएकी छन् । फोटोसुटका क्रममा उनले ट्याटुलाई खुलेर एक्सपोज गर्ने गरेकी छन् ।गायिका पछिल्लो समय बोल्ड अन्तरवार्ता र फोटोसुटका कारण लोकदोहोरी गायिका लक्ष्मी आचार्य चर्चामा छिन् । उनले पनि स्तनमा ‘ऊँ’को ट्याटु खोपाएकी छन् । आफूलाई सेक्सी देखाउन र अरूको ध्यान खिँच्न यस्तो ट्याटु बनाएको बताउने उनी गायनभन्दा पनि हट फोटोसुट र युट्युब इन्टरभ्युका कारण चर्चामा छिन् ।स्तनबाहेकका ठाउँमा ट्याटु खोप्ने र पिर्यसिङ गर्नमा धेरै अभिनेत्री अगाडी छन् । प्रियंका कार्कीले ढाडमा ट्याटु खोपाएकी छन् । उनको ट्याटु हरेक पहिरनमा प्रष्ट देखिन्छ । प्रायः उनी ढाड खुलेको पहिरन लगाउँछिन् ।

पिर्यसिङ र ट्याटु किन खोपिन्छ ?

गोप्य अंगमा ट्याटु खोप्ने र पिर्यसिङ गर्न रूचाउनेहरूले आफुलाई ‘सेक्सी र बोल्ड’ देखाउने प्रयास हो । मनोविज्ञ करूणा कुँवरका अनुसार कतिपयले स्तनमा ट्याटु खोप्छन् र आधा ट्याटु देखिने गरी ‘ओपन ड्रेस’ लगाउँछन् । गोप्य भागमा ट्याटु खोपेर देखाउन खोज्नेहरूको मानसिकता यौनिकतासँग लुकेको हुन्छ ।मेरो यौनिकता यसरी देखाउने ?’ भन्ने भावना उसमा हुन सक्छ । कतिपयले सुन्दर फूलको ट्याटु स्तनमा खोपेर आफ्नो यौनिकता चित्रित गर्न खोजिरहेका हुन्छन्’, उनी भन्छिन् । यसको सकारात्मक परिभाषा– मान्छेको ध्यान आफूतिर खिच्ने कलात्मक प्रयोग हो ।ट्याटु एउटा लत पनि रहेको उनी बताउँछिन् । ‘सियोले घोपिरहँदाको आवाजले उनीहरूलाई आनन्द महसुस गराउँदो रहेछ । खोपाइको एडिक्सन, आवाजको एडिक्सनमा परेपछि उनीहरू पटकपटक खोपाउने रहेछन्’, उनले भनिन्,‘अध्ययनका क्रममा मैले बुझेको यहि हो ।’मैले दुई जना विदेशी केटी भेटेकी थिएँ ।

उनीहरू दुवैले एउटै सिम्बोल भएको ट्याटु शरीरको एकै भागमा खोपाएको पाएँ । उनीहरू बेस्ट फ्रेन्ड रहेछन् । घुम्न जाँदाको सुन्दर क्षण बिर्सन दिनुहुँदैन भनेर त्यसरी खोपाएका रहेछन् ताकि ट्याटु देख्नासाथ मित्रताको सम्झना होस्’, उनले आफ्नो अध्ययनको निचोडहरू सुनाइन् ।विशेषगरी महिलाहरूले शरीरको गोप्य भागमा ट्याटु खोपाउने गर्छन् । आफूलाई ‘आइ एम भेरी सेक्सी’, ‘आइ एम नाइस एन्ड ब्युटीफुल’ भनेर चित्रण गर्न खोजिरहेको पनि हुनसक्छ ।ट्याटु र पियर्सिङ आजको पुस्ताको फेसन पनि बनेको छ । आम साधारणको ठूलो जमातले यसलाई स्वीकार गरिसकेको छ । यद्यपि यी सबैका प्रेरणा र आधारका स्रोत भनेका भीआइपी र सेलिब्रीटि नै हुन् । यसैले ‘नाइटो छेड्ने हिमानी र ट्याटु खोप्ने ‘हिरोनी’को प्रभाव जता ततै बढ्न थालेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger