Latest Updates :

अस्ट्रेलियामा नेपालीले गरे यस्तो काम, सारा नेपालीको बेइज्जती गरे (भिडियोसहित)

SHARE THIS POST :

काठमाडौं। अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् । केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स) को काम गर्ने नेपाली प्रकाश पौडेलले १ ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । पौडेललाई तिनै वृद्धको हेरचाह गर्ने कामको लागि राखिएको थियो जसलाई उनले उल्टै निर्ममतापूर्वक कुटपिट गरे ।

ती वृद्धकी छोरीले भिडियो फुटेज सार्वजनिक गर्दै आफ्ना पितामाथि भएको अमानवीय व्यवहारको खुलासा गरेकी हुन् । पौडेललाई सिड्नीको नर्दर्न बिचेज क्षेत्रमा डेभिड नाबुल्सी नामका वृद्धको हेरचाह गर्न खटाइएको थियो । डेभिडकी छोरी आयडा सेलिनले उनलाई पिताको हेरचाह गर्ने जिम्मेवारी दिएकी थिइन् । बेलाबेलामा भेट्न आउने सेलिनले पिताको शरीरमा नीलडामहरु देखेपछि शंका लागेर पिताको कोठामा हिडन क्यामेरा जडान गरेकी थिइन् । सोही क्यामेरामा पौडेलले डेभिडलाई जुत्ताले कुटेको र कपडा तानेर बेडबाट लडाएको रेकर्ड भयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger