एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै मोडले तामाङले उक्त भिडियो आफ्नै चाहनामा खिचेको बताएकी हुन् । ‘त्यो भिडियो मेरै चाहनामा खिचिएको हो’ अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन्, ‘कहिलेकाहीँ हेर्न हुन्छ, पछि डिलिट गरौँला नि भनेर खिचिएको हो ।’
उनले त्यो भिडियो पार्न साइटमा भने एक मोबाइल पसलका सञ्चालकले अपलोड गरेको बताइन् । ‘मेरो मोबाइलको प्याटन लग भएर मैले बनाउन दिएको थिए, त्यतिबेला मोबाइल पसलेले लिक गरेछन् ।’ उनले मोबाइलमा ब्वाईफ्रेण्डसँग सेक्स गरेको भिडियो भएकाले भिडियोहरु नहेर्न बनाउन दिनुपूर्व नै ती सञ्चालकलाई भनेको समेत बताइन् ।
ती ब्वाईफ्रेण्ड र उनीबीच अहिले पनि राम्रै सम्बन्ध रहेको उनको भनाई छ । ‘बिचरा उ सोझो छ, हामीबीच अहिले पनि राम्रै सम्बन्ध छ ।’ उनले भनिन् ।
१४ मिनेट लामो उनी र ब्वाईफ्रेण्डबीचको भिडियो केही साताअघि पोर्न साइटमा अपलोड भएको थियो ।
Post a Comment