Latest Updates :

नुवाकोटबाट आयो दुखद खवर : सक्दो शेयर गरौ

SHARE THIS POST :
 नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं ६ साबिकको समुन्द्रटार गाविसमा भिरबाट लडेर एक शिक्षकको मृत्यु भएको छ ।

स्थानीय नबज्योती प्राबीका प्रअ समेत रहेका गणेश पण्डितको भिरबाट खसेर मृत्यु भएको अवस्थामा शुक्रबार शव फेला परेको वडा सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षक पण्डित घर नफर्किएपछि गरिएको खोजतलासका क्रममा नजिकैको अम्बोटे भन्ने ठाउँमा टाउकामा चोट लागेको अवस्थामा शुक्रबार मृत फेला पारिएको हो ।

राती १० बजे सम्म रामती बजारमा रहेका पण्डितको घर फर्कने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।

टाउकोमा गम्भिर चोट देखिएकाले घटना शंकास्पद रहेको र थप छानविन हुनुपर्ने वदासदस्य श्रेष्ठले बताए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger