धनुषाको औरही गाउँपालिका प्रवाहकी १० वर्षीया मनिका यादवको शुक्रबार राति बलात्कारपछि हत्या भएको हो। शुक्रबार राति ९ बजे घर नजिकैको दुर्गा मन्दिरमा बुबाआमासँगै पुजा गर्न गएकी बालिकाको बलात्कारपछि हत्या भएको हो।
पूजा गरेर आमा बुबा घर फर्किदासमेत उनी त्यही बसिरहेको अवस्थामा छिमेकी दुई जनाले एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको रहस्य सार्वजनिक भएको छ।
मनिका यादवका बुबा रामआशिद यादवका अनुसार रातभरी छोरी घर नआएपछि परिवारमा तनाव भएको थियो। स्थानीयले उनको शव शनिबार दिउँसो धानबारीमा फालेको अवस्थामा भेटिएको हो।
शनिबार साँझ प्रहरीले छिमेकी ३२ वर्षीय विनोद मुखिया ‘बिन’ र २३ वर्षीया नथुनी मण्डललाई पक्राउ गरेको छ। विनोद यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको औरही प्रहरी चौकीका सई हरिनाथ साहले जानकारी दिए।
Post a Comment