Latest Updates :

फेरीको डरलाग्दो दुर्घटना: बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

SHARE THIS POST :
राजविराज, ३१ जेठ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बसकोे ठक्करबाट मोटरसाइकलमा सवार सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने धर्मेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । यस्तै, सोही मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–३ बस्ने वैजनाथ साह गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका वैजनाथको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । यता बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, कल्याणपुरले नियन्त्रणमा राखेको जिप्रकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger