हिन्दु शास्त्रको विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक पाइएको छ । चार युग मध्येको पहिलो युग सत्य युग हो । कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । कलि युगको अन्त्यसँगै सारा संसार ध्वस्त भई नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको पाइएपनि शास्त्र अनुसार समय भने फरक फरक रहेको पाइएको छ । यी सबै विस्वासमा भर पर्ने कुराहरु हुन् ।
कहिले भयो कलियुगको आरम्भ भन्ने कुनै तथ्य त छैन तर १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ । कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ । विज्ञानमा विस्वास गर्नेलाई यो कुरा हास्यास्पद लागे पनि शास्त्रलाई विस्वास गर्ने हो भने यहि मान्यता चली आएको छ ।
हिन्दु धर्मावलम्बीहरुको एउटा पवित्र स्थल हो काठमाडौँको पशुपतिनाथ । जहा आधा शरीर जमिन मुनि भासिएको एउटा मुर्ति देख्न सकिन्छ । त्यो मुर्ति साधारण नभएर कलिको मुर्ति हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको विश्वास गरिन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्तीको रुपमा लिने गरिएको छ ।
विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ । तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ ।
जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ ।
तर पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्ने बताउँछ ।
कल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।
यो अवतार ६४ औं कला युक्त हुनेछ। कल्कि पुराणको अनुसार, विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ। त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ । पशुपतिमा रहेको कलिको मुर्ति पुरै निस्किए संसार ध्वस्त हुने विस्वास लिइन्छ । कतिले मुर्ति वर्षेनी बढ्दै गएको पनि विस्वास गर्छन।
Post a Comment