Latest Updates :

मोरङ मा– घट्यो फेरि अर्को डरलाग्दो घट्ना

SHARE THIS POST :
मोरङ – मोरङको जाँते माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा नचिनेको व्यक्तिले विष मिसाइदिँदा २० जना विद्यार्थी बिरामी परेका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ । मंगलबार बिहान विद्यालय आएका विद्यार्थीहरु पानी खाने क्रममा उनीहरु विरामी परेका हुन् । साना कक्षाका बालबालिकाहरुले पानी खाए पनि थाहा नपाएको र ठूला कक्षाका विद्यार्थीले गन्ध आएको थाहा पाएपछि घटना बाहिर आएको थियो ।

पानीमा साइपर मेथिन १० विषाधि हालेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जाँतेका सहायक प्रहरी निरीक्षक (असई) हरिनारायण राजवंशीले कक्षा १ देखि १० सम्मकै २० जना विद्यार्थी बिरामी भएकामा २ नजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।गम्भीर बिरामी भएका सृष्टि निरौला र खुस्बू मिश्रलाई थप उपचारको लागि विराटनगर पठाइएको उहाँले बताउनुभयो । अन्य बिरामीहरु १८ जनाको मंगलबारे उपस्वास्थ्य चौकी उर्लाबारीमा उपचार भइरहेको छ । टाढाबाट विद्यालय आउने विद्यार्थीहरु गर्मीको कारण थाकेर आउने र उनीहरुले सुरुमै पानी खाने बित्तिकै बिरामी परेका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger