Latest Updates :

सलमान खानको फिल्म ‘भारत’को तस्वीर यसरि भयो लिक

SHARE THIS POST :

बलिउड अभिनेत्री नेहा धुपिया र उनका ब्वाइफ्रेण्ड अंगद बेदीले मे १० तारिखमा चुपचाप बिहे गरेर बलिउडसँगै फ्यानका बीचमा हलचल मचाएका थिए । त्यतिबेला नै नेहा धुपिया गर्भवती भएको चर्चा पनि निकै नै चलेको थियो । उनी गर्भवती भएकै कारण हतारहतार बिहे गरेको अनुमान समेत गरिएको थियो ।

तर बिहे गरेको ३ महिनापछि नै बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् । नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् भने नेहा आफैलेपनि आफ्नो फेसबुक मार्फत आफ्नो नयाँ सुरुवात भन्दै हामी तीन भनेर केही तस्बिरहरू सेयर गरेकी छिन् ।

यी दुईले विवाह गरेकै बेला नेहा गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार सार्वजनिक भएपछि यो खबरलाई अंगदले ठाडो अस्विकार गरेका थिए । विभिन्न कार्यक्रममा अंगदलाई यसबारे धेरैपटक प्रश्न सोध्दासमेत उनले यसलाई अफवाहको संज्ञा दिएका थिए । तर अहिले भने अंगदले उक्त अफवाह सही निस्किएको भन्दै इन्स्टाग्राममा जानकारी दिएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger