बुधबार बिहान १० बजे पूर्वपश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ९ धारापानीमा पश्चिमबाट पूर्व जाँदै गरेको स५प ६९४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमा रहेका ढल्केबारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार केशबहादुर रावतले नेपालखबरसँग कुरा गर्दै दुई जनाको घटनास्थलमै मृत्यु भएको बताए।
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका ४ असारी, राई टोलका २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन राई रहेको छन्। उनीहरु दुवैजना एकै घरका दाजुभाइ हुन्। टिपरले मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही अगाडि बढाएको जनाएको छ।
Post a Comment