सुर्खेत - १२ वर्षअघिको कुरा हो, आफन्तको घरमा जान्छु भनेर हिँडेका श्रीमान एकाएक बेपत्ता भए । घरमा तीन छोरी र एक छोरा सानै थिए । श्रीमान बेपत्ता भएपछि घरको सबै जिम्मेवारी आफ्नै काँधमा आयो । आफूसँग केही रोजगारी थिएन । सुरुमा सबैले सहयोग गरे । कति दिन अरुले सहयोग गर्न सक्थे र !
वीरेन्द्रनगर १३ करेखोलाकी कम्मुदेवी नेपालीले त्यसपछि विदेश जाने योजना बनाउनुभयो र कुवेत पुग्नुभयो ।
‘दाइलाई भेट्न जान्छु भनेर भनेर घरबाट जानु भएको हो । अहिले १२ वर्ष भइसक्यो । केही अत्तोपत्तो छैन्’ उहाँले भन्नुभयो, ‘घरको आर्थिक अवस्था कमजोर थियो । चार छोराछोरी र आफू कसरी पालिने, त्यसपछि विदेश जाने निधो गरें ।’ उहाँले ऋण गरेर कुवेत गएको बताउनुभयो ।
उहाँले कुवेतमा दुई वर्ष बिताउनुभयो । विदेशमा दुई वर्ष कमाएको पैसा विदेश जाँदा लागेको ऋण तिर्न र छोराछोरीलाई खर्च पठाउन ठिक्क भयो । दुई वर्ष विदेशमा कमाएको पैसा घर आउँदा सकियो । उहाँले पैसा बचाउन सक्नु भएन् ।
नेपाल आएपछि छोराछोरीको मायाले फेरि विदेश जान सक्नुभएन् । उहाँले नेपालमै छोराछोरीसँगै बस्ने र केही गर्ने सोच बनाउनुभयो । त्यसपछि एउटा डोको बोकेर गाउँघरमा तरकारी फलफूल संकलन गर्न हिँड्नुभयो ।
Post a Comment