सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो ।मृतक लामा कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको र अन्य आवश्यकिय आकस्मिक शल्यक्रियाको लागि अप्रेसन थियटर लगिएको बताएकी थिइन । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल नभएको बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको हो ।
७ बर्षिय १ छोराको आमा समेत रहेकी दामी ह्योल्मु लामा करिव ७ बर्ष अघि ४ महिनाको दुधे बालक छोडेर प्रदेशिनु भएको थियो । १० अक्टूवर वुधवार रातको करिव साढे ८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो
Post a Comment