Latest Updates :

काभ्रेको भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको बस दुर्घटना ३० जना

SHARE THIS POST :

धुलिखेल । काभ्रेको भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको बस धुलिखेलमा दुर्घटना रसुवामा पहिरोमा परेर चार जनाको ज्यान गएको छ ।
हिमाल तराई यातायातकाे बा ३ ख ८१५५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएका छन् । अाज (बिहीबार) बिहान धुलिखेल बेइजिङ प्लान्ट नजिकै बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।बसमा करिब ७० यात्रु रहेकाे जनाइएकाे छ । क्षमताभन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएकाे छ

।काठमाडाैं – रसुवामा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । पाँचजना वेपत्ता भएका छन् । प्रहरीले १२ जनाको उद्दार गरेको छ । बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको पहिरोले प्रहरी चौकीसहित एउटा घर बगाएको रसुवाका डिएसपी सन्तोष तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले तीन घरमा क्षति भएको छ भने पाँच वटा गाडी पनि नोकसानी भएको छ । टिमुरे पुग्ने सडकमा ठाउँ ठाउँमा पहिरो गएकाले घटनास्थलमा पुग्न कठिनाई भइरहेको उहाँले बताउनुभयो । अहिले डिएसपी तामाङसहितको टोली घटनास्थल पुग्दैछ । घटनाको थप विवरण आउन बाँकी छ । चितवन। भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प ९७८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने १८ वर्षीय पारस खत्रीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल सडकमा निस्किने क्रममा ट्र्याक्टरमा ठोक्किदा दुर्घटना भएको हो । खत्रीको चितवन मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा सवार नवलपुर गैँडाकोट–७ बस्ने १९ वर्षीय सुरज परियार घाइते भएका छन् । घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । परियारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger