Latest Updates :

साझ पख सारालाइ रुहाउने खबर फेरी भयानक दुर्घटना

SHARE THIS POST :

राजविराज नगरपालिका १५ देउरी भरुवास्थित राजविराज-भारदह सडकखण्डमा ना ५ ख ६१० नम्बरको राजधानी बसले को १ ज २१४९ नम्बरको माइक्रो बसलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।टाउकोमा गम्भीर चोट लागेका खतिवडाको अवस्था चिन्ताजनक भएपछि राजविराजबाट विराटनगरस्थित नोबल अस्पताल पठाइएको थियो। नोबेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते प्रहरी हवल्दार मोरङ मोतीपुर ६ का ३० वर्षीय श्रवण माझीको नोबल अस्पताल र सप्तरी राजविराज १ का ४५ वर्षीय नित्यानन्द झाको धरानमा उपचार भइरहेको छ। माझीको अवस्था चिन्ताजनक छ। दुर्घटनामा सुनसरी दुहबी नगरपालिका ५ का ५२ वर्षीय अर्जुन ठकुरी सामान्य घाइते छन्।माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते छन्। विराटनगरबाट राजविराज आउँदै गरेको माइक्रो राजविराज आउन चार किलोमिटर बाँकी हुँदा दुर्घटनामा परेको थियो। राजविराजबाट पश्चिम काठमाडौं जाने राजधानी बस भने उल्टो दिशातर्फ राजविराजबाट पूर्व गइरहेको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger